
काठमाडौं । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ ।
समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’
सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।
तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।
जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रमा लकडाउन कडा पारेर अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन्
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।