२०८० चैत्र १५ बिहीबार

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३ सय ३१ पुग्यो, विवरण भर्न दूतावासको अनुरोध

काठमाडौँ / बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ । यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २ सय ४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३ सय ३१ पुगेको हो ।

बहराइनस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार बहराइनमा तीन हजार ९७३ जनामा कोरोना सङ्क्रमित भएका छन् ।
बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर अवस्थामा रहेको दूतावासले बताएको छ । सङ्क्रमणबाट निको भई २७ सय ६२ डिस्चार्ज भएका छन् ।

बहराइनमा रहेका नेपालीलाई अनलाइनमार्फत आफनो विवरण भर्न दूतावासले आग्रह गरेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुनेगरी बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ ।
बहराइन सरकारले सङ्क्रमण रोकथाममा थप प्रभावकारी बनाउन सङ्क्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय वा १० हजार बहराइन मुद्रा जरिवाना हुने कानुनी प्रावधान ल्याएको छ ।

सङ्क्रमण नियन्त्रणमा नआउँदासम्मका लागि पाँच जना वा सो भन्दा कम सङ्ख्या मात्र भेला हुन पाउने व्यावस्था गरिएको छ ।
पार्क तथा सार्वजनिक स्थलमा घुमघाम गर्न निषेध गरिएको छ । दूतावासले बहराइनमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।

२०७७ जेष्ठ ४, आईतवार १६:१४ गते 0 Minutes 100 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार