२०८० चैत्र १५ बिहीबार

युवा संघ मोरङद्वारा पार्टी एकता र मदन आश्रित स्मृति दिवसमा ब्यक्तिको घरमा बिजुली बत्ति जडान

मोरङ । दुई पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) गठन भएको र नेता मदन भण्डारी, जिवराज आश्रित स्मृती दिवसको अबसरमा राष्ट्रिय युवा संघ नेपाल मोरङले विभिन्न परिवारमा बिजुली बत्ति जडान गरेर दिवास मनाएको छ ।

कम्युनिस्ट पार्टीका नेताद्वय मदन भण्डारी र जिवराज युवा संघ मोरङद्वारा पार्टी एकता र मदन आश्रित स्मृति दिवसमा ब्यक्तिको घरमा बिजुली बत्ति जडान को रहस्यमय मृत्यु भएको हिजो (जेठ ३) २७ बर्ष र पार्टी एकता भएको दोश्रो बर्ष पूरा भएको छ । सोही अवसरमा संघको मोरङ जिल्ला र मातहतका विभिन्न स्थानीय कमिटीहरुले विजुली लान नसकेका विभिन्न गरिव तथा असहायहरुको घरमा विधुत जडान गरेर दिवस मनाएको हो।

संघको मोरङ जिल्ला समितिले कानेपोखरी-२ का गदना मुसहरको घरमा २० वाटको सोलार जडान गरिदिएको अध्यक्ष नवीन पौडेलले बताए । पथरी शनिश्चरे नगरपालिका-४ कि एकल महिला पोलिदेवी पासवान, ७ का आशवहादुर लिम्बु, ८ की दिलकुमारी राई, कटहरी गाउँपालिका-१ का दृष्टि विहिन मनि राजवंशीको घरमा वत्ति वाल्नुका साथै त्रिपाल र खाद्यान्न समेत वितरण गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

त्यसरीनै केरावारी-३ का नीरवहादुर राई, वेलवारी-८ का चन्द्रवहादुर धिमाल, मिक्लाजुङ-४ का चक्रवहादुर राई र ७ का खड्गसिंह लिम्बु, रतुवामाई नगरपालिका-७ का सरकार स्वरेन(सतार), रत्न वहादुर कार्की, गीता फुयाल, कर्ण वहादुर वानिया (कान्छा), लगायतका १३ घर परिवारमा विद्युत जडान गरिएको संघले जनाएको छ । संघले मदन ग्राम र मदन भण्डारी स्मृति प्रतिष्ठानमा द्विप प्रज्ज्वलन गरि नेताहरु प्रती श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पार्टी एकिकरणको दोश्रो वर्षगाँठलाई जनताको जीवनमा उज्यालो छाओस भन्ने उदेश्यले बत्ती जडान गरिदिएको अध्यक्ष पौडेलले बताए । लकडाउनको कारण अहिले छिमेकीको घारबाट बत्ती तानिएको र खुलेपछि विद्युत प्राधिकरणसँग समन्वय गरि मिटर राखिदिने योजना रहेको संघको जिल्ला अध्यक्ष नवीन पौडेलले बताए ।

२०७७ जेष्ठ ४, आईतवार १३:३९ गते 1 Minute 76 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार