भारतबाट लुकिछिपी नेपाल छिरेका झापाका एक मजदुरमा काेराेना संक्रमन देखियो

Spread the love

धरान / नेपालमा एक जना कोरोना संक्रमित थपिएका छन् ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड-१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि दमक नगरपालिका र बाह्रदशी गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ

यसअघि सोमबार नै नेपालमा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा समेत गरेर ३ सय ५८ पुगेको छ ।

38740cookie-checkभारतबाट लुकिछिपी नेपाल छिरेका झापाका एक मजदुरमा काेराेना संक्रमन देखियो

प्रतिकृया दिनुहोस्