२०८० जेष्ठ १७ बुधबार

इटहरी उपमहानगरपालिकाकाे वाड नं २ र ३ शिल, घर बाहिर निस्कन समेत नपाइने

इटहरी / इटहरी उपमहानगरपालिका क्षेत्र ५ दिन बन्द गर्ने निर्णय भएकाे छ । वडा नम्बर २ मा १८ बर्षीय एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हाे ।

इटहरी वडा नम्वर २ का एक जना युवकमा कोरोना संक्रमण देखिएपछि वडा नम्वर दुई र सँगै जोडिएको वडा नम्वर ३ शिल गर्ने निर्णय गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले दुई वटा वडा जेठ ११ गतेसम्मका लागि शिल गर्ने निर्णय गरेको हो । वडा शिल गरेर संक्रमित युवक,युवकको परिवार र उहाँहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारी सहितको विपद् व्यवस्थापन समितिको आकस्मिक बैंठक राखेर उपमहानगरपालिका ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उनले बताइन् ।

२०७७ जेष्ठ ६, मंगलवार ०८:०३ गते 0 Minutes 9 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।