२०८० जेष्ठ १७ बुधबार

प्रदेश १ मा ६६ जनामा कोभि-१९ पुष्टि, २६ जना संक्रमितहरु निको भइ घर फर्के

विराटनगर/ प्रदेश १ मा ६६ जनालाई कोभि-१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ पुष्टि भएको हो । २६ जना कोभिड-१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किनु भएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ ।

प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ ।

आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

२०७७ जेष्ठ ७, बुधबार १५:०८ गते 1 Minute 25 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।