
धरान । धरान-१३ स्थित शिवधाराकी एक महिलामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
महिलामा कोरोना संक्रमण पुष्टी भएको धरानका उपमेयर मञ्जु भण्डारीले बताए। धरान १३ मा संक्रमण देखिएपछि धरान उपमहानगरपालिकाले उच्च सतर्कताको लागि आब्हान गरेको छ । अहिले उक्त क्षेत्रलाई सिल गरेर सुरक्षित गर्न लागिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताएका छन्।
उप मेयर भण्डारीका अनुसार आज उक्त क्षेत्र सिल गरेर भोली कन्ट्र्याक ट्रेसिङ गरिने र त्यसपछि थप कदम चालिने भएको छ । संक्रमितका श्रीमानसंग टेलिफोनमा कुरा गरेर परिवारजनमा धैर्य र संयम भएर बस्न आफुले अनुरोध गरेको र सतर्क रहन समेत अनुरोध गरेको उप मेयर भण्डारीले बताए ।
उनले धरानबासीलाई समेत नअत्तालिन अनुरोध गरेका छन्। सतर्क भएर आफु तथा परिवारलाई कोरोनाको संक्रमणबाट बच्न उहाँले धरानबासीलाई अपिल गरेका छन।
विगतदेखि क्यान्सर रोगबाट पीडित आफ्ना श्रीमानको थप उपचारको लागि काठमान्डौ लैजानको लागि डाक्टर द्वार रिफर गर्न बीपी पुगेका दम्पती दुवैले कोरोना जाच गर्दा श्रीमानको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको श्रीमतीको कोरोना पोजेटिभ देखिएको हो।
अहिले धरानमा उनको सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परिक्षण गर्ने तयारी भइरहेको छ ।
एक सय बेडको (कोभिड – १९) अस्पताल समेत रहेको बीपी क्याम धरानमा अहिले कोरोना टेस्ट किटको अभाब रहेकोले प्रदेश सरकारलाई २ सय भन्दा माथि किट माग गरेको र किट आएपछि संक्रमित् संग सम्पर्कमा रहेका अन्यलाई समेत तत्काल परिक्षण गर्ने उप मेयर मञ्जु भण्डारीले बताए।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।