२०८० मंसिर २४ आईतवार

भारतमा कोरोना संक्रमित १ लाख ६ हजार ७ सय ५० नाघ्यो, मृत्यु हुनेको संख्या ३३ सय पुग्यो

नयाँ दिल्ली। भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार तीन सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १ लाख ६ हजार ७ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा पाँच हजार ६ सय ११ नयाँ संक्रमित भेटिएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजारएक सय ३६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १२ हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८४ जनाको मृत्यु भएको छ ।

गुजरातमा अहिलेसम्म १२ हजार १४० संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७१९ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ४६५ संक्रमित फेला परेका छन् । यो राज्यमा २५८ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार ९६१ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५० पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार ९२६ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १२३ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ४९८ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा ४२ हजार दुई सय ९८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

२०७७ जेष्ठ ७, बुधबार ०६:३२ गते 1 Minute 49 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।