२०८० मंसिर १४ बिहीबार

मोरङ पथरी शनिश्चरेका युवालाई कोरोना संक्रमण, आतंकित नहुन नगरबासीलाई अनुरोध

मोरङ । मोरङ पथरी शनिश्चरे घर भएका शसस्त्र प्रहरीका सहायक हवल्दारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास बढेको छ।  पथरी शनिश्चरे घर भएका प्रहरी हवल्दार भारतको सीमा क्षेत्र सुनसरीको पच्चिम कुसाहामा कार्यरत थिए ।

पथरी शनिश्चरे घर भएका युवालाई विराटनगरको कोशी अन्चल अस्पतालमा कोरोना भाइरस पुष्टि भएपछि नगरमा त्रास बढेको छ । यद्यपि उनी लकडाउन सुरु हुनु अगाडि चैत्र १० गते नै घर आएर फर्किएको जानकारी आएको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए । उनको कन्ट्र्याक ट्र्सिङ आइनसके प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी हवल्दार करिब दुई महिना अगाडि नै आएर सुनसरी फर्किएकोले नगरमा आतंकित भइहाल्नु पर्ने अवस्था छैन । घरैमा बसेर सुरक्षा अपनाउन जरुरी छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्बी मोरङको स्थानीय सरकारहरुले आज (जेष्ठ-७) देखि लकडाउन कडा बनाउने भएको छ ।

पथरी शनिश्चरे नगर कार्यपालिकाको बैठकले अर्को सूचना नभएसम्मको लागि कुनै पनि पसल नखोल्न र हिनडुल गर्न नपाइने निर्णय गरेको छ । त्यसै गरि उर्लाबारी नगर र कानेपोखरी गाउँपालिकाले समेत बजार बन्द र हिडडुलमा कडाइ गर्ने निर्णय गरेको छ ।

२०७७ जेष्ठ ७, बुधबार ०७:२९ गते 1 Minute 60 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार