२०८० मंसिर २४ आईतवार

मोरङ पथरीमा अस्थायी कारेन्टाइन, अति आवश्यकीय बस्तु खरिद विक्रीमा सहज हुने

मोरङ । भारत लगायतको भिन्न स्थानबाट आएका ब्याक्तिहरुलाई राख्न मोरङको पथरी शनिश्चरे नगरपालिकाले अस्थायी क्वारेन्टाइन (होल्डिङ स्थल) बनाउने भएको छ ।

नगरमा गठन भएको किरोना भाइरस जोखिम न्यूनीकरण तथा विपद ब्यबस्थापन समितीको आज (जेठ ८) गते बसेको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको अस्थायी क्वारेन्टाइन बनाउने निर्णय भएको नगर उपप्रमुख यमुना विष्ट बस्तोलाले बताइन ।

देशको विभिन्न भाग र छिमेकी मुलुक भारतबाट हिडेर आएका ब्यक्तिहरुलाई स्थानीयबासीले घरमा बस्न नदिने र प्रदेश सरकारले मोरङको सुन्दर हरैचा स्थित गोठगाउँमा बनाएको करेन्टाइनमा पुर्‍याउन तत्काल सम्भव नभएका नागरिकलाई अस्थायी क्वारेन्टाइनमा राखिने उपप्रमुख बास्तोलाले बताइन ।

नगरमा बेला बेलामा नेपाली नबुझ्ने भारतीय नागरिकसमेत फेला परिरहेका छन । कोरोना भाइरसको जोखिम दिनै बढिरहेको बेला यस्ता ब्याक्तिहरुलाई तत्काल ब्यबस्थापन गर्न समेत समस्या हुँदै आएको छ ।

यस्ता ब्यक्तिहरु र विभिन्न स्थानबाट आएका नगरबासीलाई गोठगाउँमा बेड खाली नभएको वा तत्काल त्यहाँ पुर्‍याउन नसकेको अवस्थामा अस्थायी क्वारेन्टाइनमा राख्न सकिने भएको छ । क्वारेन्टाइनमा खाना र बस्नको ब्यबस्था हुने भएको छ ।

जताततै कोरोना संक्रमितको संख्या बढेपछि नगर कार्यपालिकाले केहिदिन अघिदेखी लकडाउनमा कडाइ गरेको थियो । कडाइ पश्चात अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण पसलहरु बन्दहुँदै आएको थियो ।

आज बसेको बैठकले आगमी ११ गतेदेखी निहान ७-१० बजेसम्म ३ घण्टा अति आवश्यकीय बस्तुहरुको पसल खुल्ला गर्ने निर्णय भएको छ । पथरी बजारमा सब्जी पसल समेत ब्यबस्थित हुने भएको छ ।

सब्जी पसल एकै ठाउँहुँदा भिडभाड बढ्ने भएपछि बुद्ध, रत्न, शिखर, जनआन्दोलन चौक, मन्दीरलाइन र सब्जी बजारमा सोही समयमा खरिद बिक्री हुने भएको छ । पसलको नाममा भिड नबढोस भन्ने उदेश्यले सब्जी पसललेले वडा नं. १ बाट पास लिनुपर्ने निर्णय भएको छ ।

आजको बैठकमा वडा अध्यक्षहरु १ का बाबुराम एङ्देन लिम्बू, २ का यमनाथ गुरागाई, ६ का जय तामाङ र ७ का कपिलमणी ढकाललाई समेत उपस्थिति रहेको समितीको सदस्य समेत रहेका पथरी उध्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले बताए । बैठक समितिको अध्यक्ष समेत रहेका नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा भएको थियो ।

२०७७ जेष्ठ ८, बिहीबार १३:३१ गते 1 Minute 44 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।