
काठमाडौं । बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका-३ का ३२ वर्षका पुरुष, खजुरा-३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।