
– अर्जुन जम्नेली राई
मोरङ । भारतबाट घर फर्किएका चार जनालाई मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको अस्थायी क्वारेन्टाइन आज राखिएको छ ।
नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा पथरी बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी कारेन्टाइन ‘होल्डिङ एरिया’ मा भारतबाट आएका नगरवासीलाई राखिएको छ ।
उपचारका लागि सिलिगुडीस्थित बाघडोग्रा गएका पथरी शनिश्चरे १ का २ जना र रोजगारीका लागि कालेङपोङ गएका २ जना गरी ४ जना पुरुषलाई प्रारम्भिक रुपमा त्यहाँ राखिएको हो ।
भारत लगायतका देशबाट नेपाल फर्किएकाहरुका लागि कोरोना संक्रमणबाट जोगाउने योजनामा खाना र सुरक्षित बसोबासको प्रवन्ध गर्दै हाललाई होल्डि एरियामा १५ वटा बेड तयार गरिएको छ ।
त्यसरी घर आउनेहरुलाई क्वारेन्टाइनमा जानु अघि सुरक्षित रुपमा छुट्टै राख्न सरकारको योजना अनुरुप नगरपालिकाले पनि ‘होल्डिङ एरिया’ खडा गरको हो । ‘होल्डिङ एरिया’ बाट क्वारेन्टाइनमा पठाएर आवश्यक अनुरुपको स्वास्थ्य चेकजाँच गराइन्छ ।