२०८० जेष्ठ १८ बिहीबार

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ सय ८७ पुग्यो

काठमाडौं ।  शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

नेपालमा पछिल्लो समय लकडाउनको समयवधी लम्बिदै गर्दा त्यत्तिनै मात्रामा देशको बिभिन्न क्षेत्रमा संक्रमितको संख्या बढ्दो छ।

आज शुक्रबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठ्माण्डौ र भरतपुर अस्पताल, चितवनमा परिएको परिक्षणमा नवलपरासीको बिनय त्रिवेणी गाउँपालिका ६ का ४५ बर्षिय पुरुष, सुस्ता गाउँपालिका वडा नं. ५ र रामग्राम नपा वडा नं. ३,१६ का ३३ र ३५ बर्षिय पूरुष र १५ बर्षिय एक महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भरतपुर महानगरपालिका वडा नं. ६ केसरबाघ चितवनका ७४ बर्षिय एक पुरुष र ७३ बर्षिय एक महिला रहेका छन् । त्यसै गरी अन्य संक्रमीतहरुमा कपिलबस्तु बाणगंगाा नपा मायादेवी गाउँपालिका निवासी २४,२५,२७,२९,३४,३६,४५ र ५३ बर्षिय पूरुषहरु र एक ८ बर्षिय बालिका रहेका छन् ।

सर्लाही गोडैता नपा ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका वडा नं. ७ निवासी २२, २२,२२, २५, २५, २७, ३२, ४३, ३४, ३५, ३८, ३८, ३९ बर्षिय पुरुषहरु रहेका छन भने १८ बर्षिय एक महिलामा संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विहान जारीगरेको विज्ञाप्ति उल्लेख छ ।

हाल उनीहरुको स्वास्थ्य स्थिती सामन्य रहेको र स्वास्त्थ्यकर्मीको सम्पर्कम रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

२०७७ जेष्ठ ९, शुक्रबार ०३:४६ गते 0 Minutes 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।