२०८० जेष्ठ १७ बुधबार

बाराको सिम्रौनगढमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमीत संख्या ५ सय १६ पुग्यो

काठमाडौं । बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

गत जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

प्रजिअ पण्डितले काठमाडौंबाट आफूलाई उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी आएको बताए । उनीहरुलाई क्वारेन्टाइनबाट कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ ।

संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु हुन् । योसंगै नेपालमा संक्रमीत संख्या ५ सय १६ पुगेको छ ।

२०७७ जेष्ठ ९, शुक्रबार १४:५३ गते 0 Minutes 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।