२०८० आश्विन १४ आईतवार

अन्तत : नडाहामा नै वडा कार्यालय रहने, मुसहरी टोलको छ कट्ठेमा अर्कै प्रयोजनको लागि भवन निर्माण गरिने

धरान / अन्तत : वराहक्षेत्र वार्ड नं.-३ को वडाकार्यालय नडाहामा नै बन्ने सहमति र वडाध्यक्षको विज्ञप्तीसँगसँगै वराहक्षेत्र नगरपालिका वार्ड नं. ३ को वडाकार्यालयको विवाद साम्य भएको छ ।

हिजो भएको सहमति अनुरुप बराहाक्षेत्र -३ को वडाकार्यालय नडाहमा नै बन्ने र नगरपालिकाले टेण्डर आह्वान गरेको मुसहरी टोल उत्तरको प्लटिङमा रहेको छ कट्ठा जमिनमा अन्य प्रयोजनको लागि भवन बन्ने भएको छ ।

हिजो वडाकार्य ससितिले गरेको निर्णय सार्वजनिक गर्दै वडाध्यक्ष रुद्र दाहालले सो कुरा उल्लेख गरेका हुन् । साथै मिलन चौक पश्चिम तर्फको प्लटिङमा बन्ने भवन पनि वार्ड नम्बर ३ कै सम्पति भएकोले त्यसलाई पनि अन्य प्रयोजनमा सदुपयोग गर्नकालागि सो भवनको सिलान्यास गरिएको बताए ।

वडाध्यक्ष दाहालले नगरपालिका तथा सम्पुर्ण सम्बन्धित निकायहरुको सहमति अनुरुप वडाले नडाहामा वडाकार्यालय बनाउने आधिकारिक निर्णय गरेको बताए । र हिजोबाट सम्पुर्ण विवाद टुङ्गिएकोले वडाकार्यालय नडाहामा नै बन्ने बताए ।

वडाध्यक्ष दाहालले आज एक विज्ञप्ती(अनुरोध गरिएको सम्बन्धमा) जारी गर्दै पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै अनावश्यक गलत प्रचारबाजी नगर्न र त्यस्ता हल्लाको पछि नलाग्न समेत आम सचेत नागरिकलाई अनुरोध समेत गरेका छन् ।

तथ्य र प्रमाणका आधारमा मात्र प्रस्तुत हुन अनुरोध गरेका छन् । यता वडा कार्यालय निर्माण समितिका अध्यक्ष केशव पुरीले आजबाट वडाकार्यालयको विवाद किनारा लागेको प्रति खुशी व्यक्त गर्दै अब वडाकार्यालय निर्माणले झन सहजता र तिब्रता पाउने बताए ।

उक्त भवन बन्नका लागि उल्लेख्य सहयोग रकम संकलन भैसकेको पनि निर्माण समितिका सचिव विदुर भट्टराई र कोषाध्यक्ष भिमदल राईले बताए ।

२०७७ जेष्ठ १०, शनिबार ११:४५ गते 1 Minute 43 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।