
मोरङ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) सातै प्रदेश समितिले कोभिड-१९ को स्थिती र संगठानिक कृयाकलप बारे अनुभव आदानप्रदान गरेको छ ।
आज (बैशाख-२०) भएको जुम भर्चुअल छलफलको संयोजन फोनिज केन्द्रीय अध्यक्ष डन्ड गुरुङले गरेका थिए ।
छलफलमा १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई, २ का प्रमेश, बाग्मति अध्यक्ष पेमा लामा, गण्डकी अध्यक्ष एमबी मगर, ५ नम्बर प्रदेशबाट मिलन गाहा मगर, कर्णालीबाट धर्म थापा र शुदुरपश्चिम अञ्चल प्रदेशबाट किशोर तामाङ सहभागी भएका थिए ।
महासचिव मनोज घर्ति मगर, संगठन सचिव मिलन लिम्बु, सचिव जगत लामाको समेत उपस्थितिमा भएको छलफलमा कोरोना भाइरसबाट पत्रकार र आम समुदायमा हुँदै आएको प्रभाव, सांगठनिक र कृयाशीलता बारे अनुभव आदानप्रदान भएको थियो ।
फोनिज केन्द्र, प्रदेश र जिल्लाका नेतृत्वले आफू सुरक्षितहुँदै भाइरसले पत्रकारमा पार्दै आएको प्रभाव बारे जानकारी लिने र सकेको सहयोग पुर्याउन पहल गर्न संघीय अध्यक्ष डन्ड गुरुङले निर्देशन दिएका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।