
धरान । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।
यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।