२०८० आश्विन १४ आईतवार

यायोक्खाको बैठकमा लिम्पियाधुरा र रुकुमपश्चिम घट्ना बारे छलफल, राष्ट्रियताको पक्षमा र जातीय विभेद विरुद्द एकजुट भएर लाग्ने निर्णय

जेठ-१९, मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिको बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा र हालै भर्को रुकुमपश्चिम घट्ना बारे व्यापक छलफल भएको छ ।

यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा हिजो (जेठ १७) बसेको भर्चुअल बैठकमा यी प्रस्तावहरु माथि छलफल भएको हो । बैठकले नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको नक्साको स्वागत गर्दै नेपाली भूमिबाट भारतीय सेना हटाउन प्रभावकारी कुटनीतिक पहल गर्न आग्रह गर्ने निर्णय भएको यायोक्खा महासचिव जनक राईले बताए ।

बिबाहको लागि केटी लिन गएको दलित युवाको टोलिलाई पाँच जनाको ज्यान जाने गरि रुकुमपश्चिममा भएको आक्रमणको विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्ने प्रस्ताव पारित भएको केन्द्रीय सचिव समेत रहेका प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए । यायोक्खा बैठकले शिक्षा मन्त्रालयले कक्षा-१ देखि ल्याउने तयारी गरेको संस्कृत भाषा ब्यबहारिक, बैज्ञानिक नभएको ठहर गरेको छ ।

चलन चल्तिमा आइरहेको राई समुदायले प्रयोग गर्ने भाषाहरु स्थानीय विध्यालयहरुमा पठनपाठनको लागि सबै तहका पदाधिकारी सदस्यहरु क्रियाशील हुने निर्णय भएको छ । पाठ्यक्रम बिकास केन्द्रले हालसम्म छ वटामात्र भाषाको पाठ्यक्रम निर्माण गरेकोमा समुदायमा प्रयोगहुने सबै भाषाको पाठ्यक्रम र पुस्तक प्रकाशन गर्न पहल गर्ने निर्णय भएको छ ।

नेपालको जनगणना २०६८ मा जातिको महलमा राई, भाषाको महलमा आ-आफ्नो भाषा र धर्मको महलमा किरात लेखाउन बेलैदेखी जनचेतना अभियान चलाउने निर्णय भएको यायोक्खा उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

प्रदेश १ को नाम किरात राख्न निरन्तर लाग्ने, रानाथारुलाई भर्खरै आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेर सरकारले आदिवासीलाई बिभाजन गराइरहेको प्रती सचेत हुनुपर्ने लगायतको प्रस्तावहरुमा छलफल तथा निर्णय भएको सो संगठनले जनाएको छ ।

२०७७ जेष्ठ १८, आईतवार १६:१७ गते 1 Minute 30 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।