२०८० आश्विन १२ शुक्रबार

थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८११ पुग्यो

जेठ-१९ , काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

२०७७ जेष्ठ १९, सोमबार १२:५६ गते 1 Minute 26 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार