२०८० जेष्ठ १८ बिहीबार

अस्पतालको नाम मदन भण्डारी आएपछि जसपा र स्थानीयबासीको विरोध

जेठ-२६, मोरङ । प्रदेश १ सरकारले मोरङको उर्लावारी नगरपालिका-३, स्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्न लागेको भन्दै जनता समाजवादी पार्टी उर्लाबारी नगर समिती र स्थानीयबासीले विरोध जनाएका छन ।

प्रदेश १ सरकारको ल्याएको नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नती गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने प्रस्ताव भएको छ ।

सो बिषयमा आज (जेठ २५) जनता समाजवादी पार्टी उर्लाबारी नगर समितिको अध्यक्ष मातृका धिमालले बिज्ञाप्ति प्रकाशन गरि नाम परिवर्तनमा आफ्नो पार्टीको असहमति रहेको जनाएको छ ।

आफ्नो पार्टीको सरकार हुँदा नाम परिवर्तन हुनु अराजक प्रवृत्ति र राजनीति कारण भएको जनाएको छ । अस्पतालमा ट्रमा सेन्टर ल्याइनु स्वागतयोग्य भएपनि दल विशेषको नेताको नाममा आउनु गलत हुने र नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन ।

सोही बिषयमा नेकपा सरकारले स्वाथ्यमा राजनीति गरेको भन्दै स्थानीय मंगलबारेबासीले आज विरोध र्‍याली प्रदर्शन गरेका छ्न ।

स्थानीय रोहित कार्की लगायतले आयोजना गरेको कार्यक्रममा नेपाली झण्डा, ब्यानर, प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन । र्‍यालिमा अस्पतालको नाम परिवर्तन गर्न पाइन्दैन, स्वास्थमा राजनीति गर्न पाइन्दैन लगायतको नारा लगाएका थिए ।

मंगलबारे बासी रोहित कार्कीले अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राखिए आन्दोलन गर्ने चेतावनी दिए ।

नाम परिवर्तन भए मंगलबारेको पहिचान नै समाप्त हुने भएकोले मंगलबारेबासीहरुलाई स्वीकार्य नहुने उनको भनाई छ । र्‍यालीले मंगलबारे बजार पारिक्रमा गरेका थिए । र्‍यालिमा काग्रेस निकट कार्यकर्ताहरुको बाहुल्यता थियो ।

१५ शैयाको मंगलबारे अस्पताललाई स्तरोन्नति गरि ५० शैया बनाइ प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

२०७७ जेष्ठ २६, सोमबार ०५:२४ गते 1 Minute 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।