
जेठ-२६, भोजपुर । हतुवागढी गाउँपालिकामा लकडाउनको ७७औ दिनपछि आंसिक रुपमा राहत वितरण शुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण अहिले देश लकडाउनमा रहेको बेला अति विपन्न गरीव तथा ज्याला मजदुरी गरी विविकोपार्जन गर्ने नागारिकहरु भोकले जीवन गुमाउनु नपरोस भन्ने उद्देश्यले राहतको ब्यबस्थ गरी तत्काल वितरण गर्ने सरकारले उर्दिजारी गरेको थियो ।
जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिकामा बन्दाबन्दीको यतीका लामो समय वितिसक्दा पनि सबै वडामा राहत वितरण हुन नसकेको विषयमा ब्यापक आलोचना भइरहेको छ । यस विषयमा जिज्ञासा राख्दा– चामल ल्याउन जिम्मा पाएका (प्रेम भेराइटीका) ठेकदार प्रेम थापाले समयमा चामल नल्याएका कारण वितरणमा ढिला भएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाले कोभिड राहत कोषका लागि ८० लाख ६४ हजार बराबरको रकम बिनियोजन गरी राहत सामाग्री खरीदको लागि ठेक्का आवहान गरेको थियो । राहत प्याकेजमा १ देखि २ जना सम्मको परिवारलाई २५ किलो र ३ देखि माथीको संख्या भएको घरपरिवारलाई ५० किलो चामल वितरण गर्नेे निर्णय भएको गाउँपालिकाका उप प्रमुख चन्द्रमा राईले जानकारी गराए ।
सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधी, लाहुरे, पेन्सनवाला, उद्यमी, उच्च तहकाका कृषक र ब्यापारी बाहेकका अन्य नागारिकलाई मात्र राहत दिने गाउँपालिकाले कार्यविधि बनाएर राहत वितरण गर्न सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई दिएको निर्देशन अनुसार ९वटै वडाका नागारिकहरुलाई राहत वितरण गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत मणीराम खतिवडाले बताए ।
सरकारले बन्दादन्दी गरेको यतिका लामो समयपछि बल्लतल्ल राहत वितरण गर्यो तर असली पीडितले नपाएर मापदण्ड विपरीतका हुनेखानेले मात्र राहत पाएको भनेर नागारिकले चर्को विरोध गरेका छन् ।
साविकको सिन्द्राङ ८ लाक्तुराङ निवासी शहरमान राईले भने– लाहुरे, बैदेशीक रोजगारीमा हुनेको परिवार, पेन्सनवाला र अन्य श्रोतबाट सुविधा लिइरहेकाले राहत नपाउने भनिएता पनि मलाई चाहि लिष्टमा छुटाएर अरुसबैलाई राहत पाउनेको लिष्टमा राखेको देखेर सारै चित्ता नबुझेको बताए ।
राहत वितरणमा भएको अनियमित्ता र आएको जन गुनासो बारे गाउँपालिकाले सकेसम्म अनुगमन गर्ने पाउँपालिाकाका अधिकृति मणीराम खतिवडाले बताए ।
९ नम्बर वडाका ४ सय ७५ घरधुरीले राहत पाए
हतुवागढी गाउँपालिका वडा नं. ९ साविक हसनपुरका ४ सय ७५ घरधुरीले २२ हजार ५ सय किलो राहत चामल पाएका छन् ।
वडा नं. ९ को वडा कार्यालयमा गत जेठ ११, १२ र १३ गते राहत वितरण गरिएको थियो । गाउँपालिकाले तोके अनुसार १ देखि २ जनाको परिवार भएको घरमा २५ किलो र ३ देखि माथि संख्या भएको परिवारलाई प्रतिघर धुरी ५० किलोको दरले राहत चामल वितरण गरेको ९ नं. वडा अध्यक्ष हेमराज राईले बताए ।
राहत वितरणमा सकेसम्म कसैलाई नछुटाई दिएका छौ, गाउँपालिकाले बनाएको विधि अनुसार वितरण गर्दा नागारिकको चर्को विरोध आएकोले सबैखाले नागारिलाई राहत दिएको र त्यसमा कोही छुटेको भन्ने गुनासो आइरहेको छ उनीहरुलाई पनि गाउँपालिकासंग समन्वय गरेर तत्काल राहत दिने योजना रहेको वडा अध्यक्ष राईले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।