२०८० मंसिर २४ आईतवार

स्वदेश फर्किएका नागारिकहरुको प्रदेश १ ले अनलनाइनबाट तथ्यांक संकलन शुरु गर्यो, उनीहरुको मनोभावनालाई सम्बोधन गरिने

जेठ-२७, धरान । प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको लागि अनलनाइनबाट तथ्यांक संकलन शुरु गरेको छ ।

कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको हो । उक्त तथ्यांक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गर्नुभएको छ ।

गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक https://helpline.p1.gov.np/ वा http://ppc.p1.gov.np/ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सिपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं, मुख्यमन्त्री राईले भन्नभयो । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उहाँको भनाई छ ।

विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यमा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताउनुभयो ।

यो तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताउनुभयो ।

तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने उहाँको भनाई छ । यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावली समेत राखिएको छ ।

२०७७ जेष्ठ २७, मंगलवार १३:३६ गते 1 Minute 46 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।