
जेठ-२९, भोजपुर । हतुवागढी गाउँपालिकाको वडा नं. २ मा लकडाउनको ८२औ दिनमा आज पहिलो चरणको राहत वितरण गरेको छ । वडाहरु मध्ये २ नं. वडामा अन्तिममा आज राहत वितरण गरिएको हो ।
हतुवागढी वडा नं. २ (साविकको रानीवास वडा नं. २ र ३) को ६ वटा टोल विकास समितिहरु– लाल्चे, पूर्णे दिमालुङ, तल्लो पेक्ला, माथिल्लो पेक्ला, दितेनी र रेचक गरी जम्मा २ सय २४ घरधुुरीले राहत पाउन सक्ने तथ्याङक संकलन गरेर राहत वितरण गरिएको लाल्चे टोल विकास समितिका अध्यक्ष अमरमान राईले बताए ।
हतुवागढी २ नं. वडा अध्यक्ष विचारी थापाका अनुसार आफ्नो वडामा जम्मा ६ सय २६ घरधुरी रहेको र हिजो बेलुकी लुङ्गीनमा १ सय ७६ घरधुरीलाई राहत बाँडिएको र अन्य टोलतिर भने ठेकदारले समयमा चामल नल्याईदिएको हुनाले आज यता वाँडिएको छ । उनले भने–“पूर्णे दिमालुङमा आज करीव एक सय घरधुरीको हाराहारीमा राहत वितरण गरीयो, आज छुटेकाहरुलाई फेरी भोली दिइने छ । यहाँ आउन पायक नपर्नेहरुको लागि सम्बन्धित टोलटोलमा झारीदिने ब्यबस्था गरेको छु ।” वडा अध्यक्ष थापाले थपे– ढिला भएपनि आफ्ना वडाका नागरिकहरुलाई यो अप्ठ्यारो परेको बेलामा पविारसंख्या अनुसार राहत चामल बड्न पाएकोमा आफूलाई आनन्द महशुस भएको बताए ।
एकदेखि दूईजना सम्मको परिवार हुनेलाई २५ किलो र २ देखि माथि परिवार संख्या हुनेको लागि भने ५० किलो चामल राहत दिने गाउँपालिकाले विधि बनाए अनुसार राहत वितरण गरीएको थियो । विधिमा सामाजीक अभियान्ता, गाउँको नेतृत्वा गर्ने अगुवा र टोल विकास समितिका अध्यक्षहरुलाई राहत नदिने भनिएता पनि उनीहरले समेत राहत बुझिलिएको वडा अध्यक्ष थापाले बताए ।
राहत पाएपछि ९ जना परिवार भएका लाल्चे निवासी कुमार बस्नेतले खुसी हुँदै भने –लकडाउन मत्थर हुँदै जाँदा ढिलागरी राहत दिए पनि वडाले राम्रो काम गरेको बताए ।
घरमा ३ जना परिवार भएका दिमालुङ पूर्णेडाँडा निवासी, दिमालुङ क्षेत्रमा प्रदेशबाट पर्यटन सम्बन्धि आएको योजनामा काम गरिहेका यूवा जनील राईले ठट्टा गर्दै भने– “राहत ढिला आयो, मैले त भरखरै घोडेटार बजारदेखि चामल बोकाएर ल्याए अव यो राहत चामल त बेचिदिने हो ।”
राहत लिएर घर फर्किदै गरेका समिला राई (बस्नेत)ले भने– “राहत लिन हिजो ३ बजे बोलाउनु भएको थियो, तर राती अवेरसम्म बस्दापनि पाइएन रिसाउदै सवै घरफर्के तर आज विहान भने दिनु भयो सारै खुसीलाग्यो, यो गारो खाँचो परेको बेला त्यो पनि सित्तैमा पाएकोले खुसि नहुने त कुरै भएन, यसले धेरै टेवा पुर्याउने छ ।”
हतुवागढी गाउँपालिकाले आधिकारीक रुपमा पहिलो चरणको राहत जेठ ११ गतेबाट ९ नं. वडाबाट वितरण शूरु गरेको थियो । त्यस भन्दा अगाडी कोभिड सुरक्षाको लागि अग्रभागमा काम गर्ने नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्य सेवामा खटिने कर्मचारीहरुलाई भने चामल, नुन्, तेल, दाल र अन्य खाद्य सामाग्री घरघरमै पुर्याएका थिए ।
एक्कासी महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण नेपालमा पनि गत चैैत्र ११ गते देखि सरकारले बन्दाबन्दी शूरु गरेको कारण अति विपन्न र दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार चलाउने बर्गहरुलाई भोकले ज्यान नजाओस भन्ने उद्देश्यले सरकारले तीनै तहको विभिन्न ठाउँमा राहतको ब्याबस्था गरेर चैत्र दोश्रो हप्तादेखि नै हप्ता हप्तामा राहत वितरण गरिरहेको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।