२०८० मंसिर १४ बिहीबार

हतुवागढीको मुख्यमन्त्री ग्रामिण सडक योजना निर्माणमा ठेकदारको लापार्वाही, अन्य योजनाहरु भीडको चिण्डो यता न उति

जेठ-३०, भोजपुर । पहाडी क्षेत्रको ग्रामिण सडकलाई स्तर उन्नती गरी सम्भावित कालोपत्रे सडकको रुपमा विकास गर्ने उद्देश्यले हतुवागढी गाउँपालिका क्षेत्रमा सकड निर्माण योजना ठेकदारको कामचोरका कारण अहिले अलपत्र परेको छ ।

एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म सडक संजाल जोड्ने उद्देश्यले सडक स्तरउन्नतीको लागि मुख्यमन्त्री ग्रामिण सडक शिर्षकमा विनियोजीत रकमले हतुवागढीको फलामढुङ्गा, दिमालुङ पूर्णेडाँडा हुँदै आमचोक गाउँपालिकाको सिमा क्षेत्र बयाङ, थाँटीगैरा (पुरानो तृतीय) सम्मको लागि प्रदेश सरकारबाट आएको कूल बजेटमा हतुवागढी गाउँपालिकाले २२ लाख थप गरेर जम्मा १ करोड ८ लाखमा पूर्वधार विकास कार्यालय भोजपुरले ठेक्का टेण्डर आब्हान गरेको थियो ।

निर्माण अलपत्र परेको हिलाम्मे सडक। तस्वीर : इ पोष्ट

करीव ४ महिना अगाडी ठेक्का आव्हान गर्दा करीव ५८ लाखमा भोजपुरको कोशेली निर्माण सेवा (तेज बहादुर श्रेष्ठ) ले निर्माण ठेक्का पारेका थिए । निर्माण सेवाले ठेक्का पाएपछी केहि स्थानीय र आसपासका कन्ट्रक्टरलाई क्षेत्रछुटाएर करीव ३५ लाखमा काम सम्पन्न गर्ने गरी पेटीकन्ट्रयाकमा निर्माण सम्पन्न गर्ने जिम्मा दिएको श्रोतको भनाई छ ।

सडक स्तरउन्नती शिर्षकमा उक्त विनियोजीत रकमले हतुवागढीको फलामढुङ्गा, दिमालुङ पूर्णेडाँडा हुँदै आमचोक गाउँपालिकाको सिमा क्षेत्र बयाङ, थाँटीगैरा (पुरानो तृतीय) सम्म सडक स्तरउन्नती र विस्तारको लागि प्रदेश सरकारले बजेट हालेको थियो ।

पूर्वधार विकास कार्यालय र कोशेली निर्माण सेवा विचको सम्झौतामा ३ ठाउँमा कचवे निर्माण गर्ने, ठाउँ ठाउँमा ग्याविङ वाल, पहाड (भित्ता) कटीङ, फिलिङ र सोलिङ गर्ने भनिएको छ । तर अहिले सम्म कुनैपनि ठाउँमा सामान्य भित्ता कोपरेको बाहेक उल्लेखीत कुनैपनि काम भने नभएको स्थानीय जनप्रतिनिधी र नागरिक अगुवाहरुको भनाई छ । यस विषयमा गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईसंग बुझदा– यो योजनामा हाम्रो गाउँपालिको पनि २२ लाख रकम परेको हो, तर कुन कम्पनीले, कस्ले ठेक्का पारेको हो त्यो विषयमा केही जानकारी नभएको र पछी बाटो खराव भएको भन्ने स्थनीयको गुनासो आएपछि म आफै गाउँपालिका देखि दिमालुङ पूर्णेबजार सम्म गाडी लिएर जाँदा साँचिकै बाटो स्तरउन्नती भए जस्तो नलागेको र पहिलाको भन्दा बाटो धेरै खराव भएको पाए । अव यस विषयमा गाउँपालिकामा तत्काल बैठक बोलाई अध्यायन अवलोकन र छानविन समिति बनाउने योजना रहेको बताए ।

हतुवागढी मूख्यमन्त्री ग्रामिण सडक योजना निर्माण जिम्मा पाएका निर्माण कम्पनी कोसेली निर्माण सेवाका ठेकदार तेजबहादुर श्रेष्ठलाई यस विषयमा जानकारी लिदा निर्माणको सम्पूर्ण काम सकिन लागेको र त्यहीका स्थानीयलाई निर्माणको जिम्मा दिएको हुनाले पनि काम राम्रै भएको हुनुपर्ने जस्तो लाग्छ म आफै भने तत्काल त्यहाँ पुग्न सकेको छैन । उनले भने– काम गराईमा केही कम्जोरी भएको भए जिम्मेवारी आफुले लिने बताए ।

स्तरउन्नती गरिएको सडक जस्ताको त्यस्तै । तस्वीर : इ पोष्ट

योजना निर्माणमा कम्जोरी भएको बारेमा पूर्वधार विकास कार्यालय भोजपुरका प्रमुख राजन रेदीसंग जानकारी लिदा यस विषयमा जानकारी नभएको ठेक्का पार्ने कम्पनी, ठेक्दार र कामको प्रकृतीको बारेमा भने जानकारी रहेको बताए । उनले भने– “यदी सम्झौता भन्दा फरक काम भएको खण्डमा ढुक्क हुनुहोस सम्झौता अनुसारको काम गराएर मात्रै हरहिसाव फरफारक गराउनेछौ होइन भने एकसुका पनि त्यो योजनाको लागि रकम निकासा हुँदैन । समय मिलाएर म आफै स्थलगत अवलोकनमा आउने प्रतिवद्दता जाहेर गर्दछु ।”

करीव ०६८ साल तिर धेरै जोखिम मोलेर यो सडक साँखामचुली कन्स्ट्रक्सन प्रा.लि. नामक कम्पनीले पहिलो पटक ट्रायक ओपन गरेको थियो । त्यस पश्चात यस क्षेत्रमा सडक खानिएपछि हतुवागढीको पूर्वपश्चिम भूगोल अनी छिमेकी गाउँपालिकाहरु आमचोक र रामप्रसाद राई गाउँपालिकाका आम नागरिकहरुको दैनीक जीवन यापनमा धेरै सहजता भएको थियो । अहिले यस सडकलाई ३० फिटको माफदण्ड बनाई जिल्ला सडकको रुपमा विस्तार गर्नको लागि प्रदेश सरकारले आफ्नो  गुरुयोजनाको पहिलो प्राथमिकतामा राखेको छ ।

हाम्रो नेपाली चलनचल्तीको भाषामा आर्थिक बर्षको यस समयावधीलाई इलाभेन आवर भन्ने चलन छ । यस समयावधीमा छुटफुट बजेटहरुलाई विभिन्न क्षेत्रमा डम्पीङ गर्ने होडवाजी जस्तै चल्ने चलन छ । समयावधि हुँदासम्म सुतेर बस्ने आर्थिक बर्ष सकिनै लाग्दा विनियोजित योजनालाई फरफारक गर्न सामदाम दण्डभेद प्रयोग गरेर जसोतसो काम सिध्याउने होडमा हुन्छन ठेकदार र निर्माण समिति । त्यसपछी देश विकास, निर्माण र नागरिक परिवर्तनमा यसको प्रत्यक्ष असर हुने गर्दछ ।

यस आर्थिक बर्ष भित्र सम्पन्न हुने गरी प्रदेश सरकार र संघीय सरकारबाट विभिन्न शिर्षकमा हतुवागढी गाउँपालिका भित्र अहिले करोडौको दर्जन भन्दा बढी योजनाहरु भरखरै सम्झौता भई हाल निर्माणको लागि तयारी अवस्थामा रहेको छ । यो लेभेन आवरको समयमा सम्झौता भएको योजनाहरु भने कचल्टीने निश्चित देखिएको छ । सम्झौता अनुसार योजना सफल पार्नको लागि निर्माण जिम्मा पाएका कम्पनी र उपभोक्ता समितिहरुले कम्तीमा श्रवण २०-२५ गते सम्म काम गर्न पाउनु पर्ने माग गरेका छन् ।

२०७७ जेष्ठ ३०, शुक्रबार ११:१५ गते 1 Minute 125 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार