२०८० आश्विन १२ शुक्रबार

मंगलबारेमा मुख्य मन्त्री राईको पुत्ला दहन, धर्ना, राके जुलुस र र्‍यालीसम्मको कार्यक्रम तयार

अर्जुन जम्नेली राई

जेठ-३१, मोरङ । मोरङको उर्लाबारी-३ स्थित मंगलबारे अस्पतालको नाम फेरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने प्रदेश सरकारको निर्णय विरुद्द दैनिक विरोध प्रदर्शन भइरहेको छ ।

प्रदेश १ सरकारले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम मार्फत अस्पताल स्तरोन्नतिको साथ नाम परिवर्तन गर्ने प्रस्ताव ल्याएका थिए । नीति तथा कार्यक्रम प्रदेश सभामा सत्तरुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुको बहुमतले पारित गरिसकेका छान ।

सदनमा मुख्यमन्त्री शेरधन राईले अस्पतालको नाम मदन भण्डारी नै रहने बोलेको भन्दै मंगलबारे अस्पताल पहिचान संघर्ष समितिको आयोजनामा पुत्ला दहन भएको छ ।

संघर्ष समितिको संयोजक आभाष रिजाल, सचिब प्रदिप संग्रौला, सदस्य जेनिथ लिम्बू लगायतका युवाहरुको नेतृत्वमा मुख्यमन्त्री शेरधन राईको पुत्ला दहन भएको हो । पुत्ला दहन पछिको कोण सभामा स्थानीय खगेन्द्र थापा, नारायण बस्नेत, मनिलाल श्रेष्ठ र समशेर लिम्बू लगायतले बोलेका थिए ।

सोही समितिको आयोजनामा आज ८ देखि १० बजेसम्म धर्नाको कार्यक्रम भएको छ । धर्नामा करिब ६० जना सहभागी रहेका थिए ।

कोण सभामा टंकनाथ दाहाल, कुमारी निरौला, रमेश कटुवालले बोलेका थिए ! भोली स्थानीय चौकहरुमा कोण सभा गर्ने जेनिथ लिम्बूले बताए ।

यता चार दलको संयुक्ता संघर्ष समितिले असार १ गते साँझ मसाल जुलुस र २ गते बृहत् र्‍याली तथा कोण सभा गर्ने निर्णय भएको समितिका सदस्य सचिब मातृका धिलालले बताए । संयुक्त संघर्ष समितिको पहलमा आभाष रिजालको नेतृत्वमा १५१ सदस्यीय युबा परिचालन समिती गठन भएको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्की र सांसद शेखरचन्द्र थापाले मंगलबारे अस्पतालको नाम परिवर्तन नगर्न र मदन भण्डारी अस्पताल अन्तै बनाउन संशोधन प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्ताव खारेजी गर्दै सत्तारुढ नेकपाको बहुमत संसदले प्रस्तावित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पास गरिसकेको छ ।

जेठ २५ गतेदेखि निरन्तर स्थानीयबासी आन्दोलन गरिरहदा नेकपा उर्लाबारी नगर कमिटी अध्यक्ष उमाकान्त गौतम, सचिव तोर्ण श्रेष्ठले बिज्ञप्ति जारी गर्दै अस्पतालको नाम भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने सरकारी निर्णयको स्वागत गरेको छ ।

आन्दोलनमा नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लिम्बुवान मन्चको उर्लाबारी नगर समिती रहेका छन ।

२०७७ जेष्ठ ३१, शनिबार ०८:१२ गते 1 Minute 37 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार