२०८० चैत्र १५ बिहीबार

जंगली जनावर चोरी शिकारी बढेकोमा चिन्ता, डम्पिङसाइडमा ढुकेर बदेलको शिकार

-अर्जुन जम्नेली राई
जेठ ३१,मोरङ । सव डिभिजन वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको वनहरुमा जंगली जनावर चोरी शिकारी बढेको भन्दै नियन्त्रणको लागि सबै मिलेर पहल गर्नुपर्ने बताएका छन ।

आज शनिबार डिभिजन वन कार्यलय मोरङको आयोजनामा मानव बन्यजन्तु द्वन्द्व ब्यबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै अलाउदिनले सो कुरा बताएका हुन ।

यो क्षेत्रमा मृग, बदेलको चोरी सिकारी बढ्नुको साथै जंगल पस्ने मानिसको संख्या बढेकाले सडकमा आएर सडक दुर्घटनामा परि जंगली जनावर मर्ने गरेको तथ्यांक सार्वजनिक गरेका थिए ।

चालु आर्थिक बर्षमा मात्रै पुर्बपश्चिम मुख्य सडकमा दुर्घटना र पासोमा परि आठ भन्दा बढी मृग मरेको उनले बताए । गत बर्ष जिल्ला भरीको घट्ना भन्दा बढी पथरीशनिश्चरे नगर क्षेत्रको वनमा भएको उनले बताए ।

लकडाउनको बेला मानिसहरु च्याउ, निगुरो र शिकारको लागि जंगल पस्ने मानिसको संख्या बढेपछी मृग, बदेल लगायतको जंगली जनावरहरु भाग्ने क्रममा सडक दुर्घटनामा परि मर्ने गरेको प्रमुख अलाउदिनले जानकारी दिए ।
लकडाउनको बेला मालबाहक साधनमा जनावर मर्ने गरेका छन ।

पथरी बजार उत्तर करिव ३ किलो मिटरको दुरी शान्ती सामुदायिक वनमा नगरको फोहोर मैला फाल्ने डम्पिङ साइड रहेको छ । डम्पिङ साइडमा फोहोर मैला खान आएका बँदेललाई राति सिकारीले मार्ने गरेको तथ्य खुलेको छ ।

फोहोर मैला खान आउने बँदेल ढुक्न सिकारीले रुखमाथी नै चाँङ बनाएर बसेको थाहा पाएपछी भत्काइ दिएको शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङले बताए । प्रमाणसहित सिकारी पक्राउ गर्न राती डम्पिङ साइडमा गस्ति गर्नुपर्ने प्रमुख अलाउदिनको भनाइ छ ।

अन्तरकृयामा जंगली जनावरले मानिसलाई आक्रमण गरि घाइते वा ज्यान मारेमा पाउने क्षतिपूर्तिको बारेमा समेत छलफल भएको थियो ।

हाती, गैडा, बाघ, भालु, चितुवा, ध्वासे, जंगली कुकुर, अर्ना, मगर गोही, गौरिगाई, अजिंगर गरि १३ प्रजातिको जनावरले आक्रमण गरि घाइतेलाई २० हजारदेखि दुई लाखसम्म उपचार खर्च र मृत्युु भएमा परिवारले १० लाख क्षेतीपुर्तिको ब्यबस्था रहेको सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले बताए ।

अन्तरकृयामा शान्ती सामुदायिक वनको अध्यक्ष कुलबहादुर गुरुङ, मनकामनाको अध्यक्ष उदयबहादुर राई, पशुपतिको अध्यक्ष इस्वर चौहान लगायत करिव २० जना सहभागिता रहेका थिए ।

केही महिना अघि दाउरा काट्न जंगल गएकी पथरीशनिश्चरे नगरपालिका-१ कि ५० बर्षिय तिलकुमारी गिरीलाई शिकारीले प्रहार गरेको छरुवा गोलि लागि घाइते भएकी थिइन ।

चोरी सिकार गरि ल्याएको हरिन र बदेलको मासु वितरणमा कुरा नमिल्दा मोरङको पथरी शनिश्चरे-१० मा बैशाख ३१ गते चुरा हानाहान भएको थियो ।

साथिलाई छुरा हान्ने भीमबहादुर लिम्बू, प्रकाश लिम्बू र रबिन राईलाई जिल्ला अदालत मोरङले जनही पाँच हजारको दरले धरौटी छाडेका छन ।

२०७७ जेष्ठ ३१, शनिबार ०८:५७ गते 1 Minute 66 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार