२०८० चैत्र १६ शुक्रबार

सरकारको देशब्यापी बिरोध कति जायज कति नाजायज ?

-बिशाल राई

जेठ-३२, धरान । सरकारले Covid 19  नियन्त्रणको शिर्षकमा भएको खर्च भ्रष्टाचार लाई मात्र बिशेष शिर्षक बनाइ हिजो मात्र धरान लगायत देश ब्यापी रुपमा  युवाहरुले प्रर्दशन गरेका छन्

बिशेष गरि धरानमा भने विभिन्न चोक हरु हुँदै भानु चोक मा कोण सभा गरेको यस समूहमा युवाहरु को बाक्लो उपस्थिति रहेको थियो।शान्तिपुर्णर्याली भनिएको प्रदशन मा बास्तबमै राजनैतिक इतिहासमा नदेखिएका केही दृश्य हरु देख्न पाइयो।सृजनात्मक शान्तिपुर्ण र्याली लेभानुचोकस्थित बस पार्कमा उपस्थित सुरक्षाकर्मी लगाएतको ध्यान आकृष्ट गरेको पाइयो। विभिन्न नाराहरु लेखिएको प्ले कार्डहरु केहीसृजनात्मक थिए केही अश्लील अनि आक्रमक प्रर्दशनको क्रममा युवाहरुले कोरोना महामारीको बेला खटिएका स्वास्थ्यकर्मीहरुको लागिताली बजाएर सम्मान गरेका थिए भने सुरक्षाकर्मीहरुलाई सल्युट गरेर सम्मान प्रकट गरेका थिए धरानको मुटु भानुचोक हजारौ को संख्यामाभेला भएका युवाहरुले नेपाल को राष्ट्रिय गान सहित गाउँ गाउँ बाट उठ जस्ता गित हरुले गुन्जयमान बनाएका थिय।

गैर राजनैतिक समुहको अपिल भनिएको यस प्रदशन काठमाडौ हुँदै देश भर फैलिएको छ।सरकार मा रहेका राजनैतिक कार्यकर्ता को उपस्तिथिनरहेको उक्त बिरोध र्याली मा बिपक्षी दलका युबा कार्यकर्ताको भने बाक्लै उपस्थिती देखिन्छ।सामाजिक संजाल बाट आह्वान गरिएको यसप्रदर्सन मा प्रदशनकारी भने  परिचय दिन मिडियासँग बोल्न चाहदैनन्

देशमा MCC सिमा को बिषयमा अन्तरास्ट्रिय हस्तक्षप अझ पेचिलो बन्दै जादा काल्पनिक लाग्ने गैर राजनैतिक कथित समुहको अपिलभनिएको यस प्रदशनीमा एकाएक युवाहरुको बाक्लो उपस्थिति हुनु राजनैतिक विश्लेषकहरुको बहसको बिषय बनेको छ।यता आर्का थरीसामाजिक संजालका अभियन्ता भन्ने हरु एस्ता लेख पोस्ट हरुको प्रचारबाजीमा लागेका छन्

(सामाजिक संजाल बाट निकालिएको)

जेठ २४ गते एउटा फेसबुकमा Private group बनाइयो यसको नाम थियो: Covid 19 Nepal: Enough is Enough भन्ने ! यो group खोलेको दिनमै जबर्जस्ति एउटाले अर्कोलाई invite गरेर एक लाख जना Member पुर्याइयो जुन निकै आश्चर्यलाग्दो बिषय हो मात्रनेपालीहरु, त्यो पनि Private Group अनि दिनमा लाख Member! यो एतिकै हुने कुरा पटक्कै होइन यहाँ ठुलो शक्तिको हात योgroup कसैले आन्दोलनको बारेमा नकारात्मक कुरा गर्यो भने उसलाई तत्काल ब्लक गर्ने गरिन्छ यो मिसन बिरोधि कमेन्टहरुलाई समेत तत्कालहटाइने गरेको

यो groupमा: आन्दोलन कसरी गर्ने अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा चर्चा गरिन्छ आन्दोलनका नाराहरु के बनाउने भन्ने बिषयमाछलफल गरिन्छ अनि भोलिपल्ट एकाएक मानिसहरु आन्दोलनमा उत्रिन्छन् ती मानिसहरु कहाँबाट आइपुगेका हुन् केही थाहा छैन तरअभियन्ताहरु हेर्दा विवेकशील पार्टीका नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति देखिन्छ एक्कासी काठमाडौको सडकमा ठूलो हुल कसरीजम्मा हुन्छ ? के तपाइँले आफ्नो छोराछोरी, घरपरिवारलाई यस्तो आन्दोलनमा जान दिनुहुन्छ ? त्यो पनि कोरोनाको महामारी चलिरहेको बेलामा

ऊनीहरु आन्दोलन मात्र गर्दैनन् हाइ टेक क्यामराबाट फोटो खिच्छन, आन्दोलनको छोटो फिल्म जस्तै बनाउछन अनि फेसबुकमा पोस्ट गर्छन अङ्ग्रेजी प्लेकार्ड बोकेर आन्दोलन गर्छन् कुन फोटो भाइरल हुन्छ कुन हुँदैन भन्ने कुरा उनीहरुलाई राम्ररी थाहा त्यसैले भाइरल हुनेखालको फोटो अनि कथा छनोट गर्छन्, प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रहरी ज्यादती भन्दै फिल्म बनाउछन, फेसबुकमा बुस्ट गर्दै भाइरल बनाउछन हातमा आइफोन , मुखमा महँगो N95 माक्स यहाँ मध्यम बर्गका मानिसहरु छैनन् सबै साम्रान्त परिवारका जस्ता देखिन्छन् नारा पनिअङ्ग्रेजीमै लगाउने गर्दछन् यस्तो आन्दोलन नेपालमा अहिलेसम्म देखिएको थिएन

अब भोलि शनिबार नेपालको संसदबाट लिपुलेक, लिम्पियाधुरा सहितको निशानछाप पारित हुँदैछ, त्यसै दिन यो सरकार विरुद्ध सबै शक्तिलगाएर ठूलो प्रदर्शन गर्दै यही नियोजित जमातले हेर्नुहोला, भारतले आफ्नो सम्पुर्ण बल लगाएर शनिवारको आन्दोलनलाई सफल पार्ने भारतले हाम्रो प्रधानमन्त्रीलाई कुर्सीबाट लडाएर अझ धेरै सिमा कब्जा गर्ने दाउमा , जसलाई यी भाडाका प्रदर्शनकारीले साथ दिइरहेका छन् हेर्दै जानुहोला, भोलि ऐतिहासिक रुपमा नेपालको निशान छाप संसदबाट पारित हुँदै गर्दा यि प्रायोजित मानिसहरु जमात अझ धेरै सडकमा उत्रिनेछन् यि जमातहरु अब कहिल्यै MCC को बिरोधमा यसरी आन्दोलनमा आउन सक्छन्, नत भारतले सिमा मिचेको बिषयमा ! भारतियमिडियालेकेपी ओलीके खिलाप प्रदर्शनभनेर समाचार छापिसके त्यसैले विवेकशील पार्टीका केही भडुवा नेताहरुको अगुवाइमा भैरहेको योप्रायोजित आन्दोलनको बारेमा सबैले बुझ्न जरुरी

यो पोस्ट राम्रो लागेमा सेयर गरेर सबैलाई बुझाइदिनुहोला

अन्त्यमा यो नियोजित जमातलाई मेरो प्रश्न:

कोरोनाको टेस्ट राम्ररी गर्नुपर्ने भन्दै सडक तताउने बेला हो यो ? मनपरी जुलुस गर्दा भोलि संक्रमण फैलियो भने जिम्मा लिने कसले ?

संसदबाट लिम्पियाधुरा सहितको निशानछाप पारित हुने दिनमै किन यो बेतुकको आन्दोलन ? आन्दोलन अर्को दिनलाई सार्न सक्छौ ?

यी आन्दोलनमा बेतुकका फोटा खिचेर भाइरल बनाएर गरेको आन्दोलन कसका लागि ? आन्दोलनमा फिल्म बनाउछन ?

Enough is Enough भन्ने group मा कसरी दिनमा एक लाख मानिस अट्न सफल भए ?

विवेकशील पार्टीका नेताहरु किन यो आन्दोलनमा अगाडि अगाडि ?

सबै प्रश्नको उत्तर: प्रायोजित आन्दोलन

 

२०७७ जेष्ठ ३१, शनिबार १२:०६ गते 1 Minute 70 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार