
असार-२, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिको आठ वटा वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्रका भवनहरु निर्माण सुरु भएको छ ।
जस अन्तरगत आज (सोमबार) १ नम्बर वडाको लागि आधारभूत स्वास्थ्य केन्द्रका रुपमा रहेको शहरी स्वास्थ्य केन्द्र भवनको शिलान्यास भएको हो । शिलन्यास नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाले गरेका हुन ।
वडा नम्बर १ स्थित नगरपालिका परिसरमा बन्दै गरेको ६ कोठे भवन एच.एम. बिल्डर्स कम्पनीले इबिटिङमा ५७ लाखमा पारेको रमेश दाहालले बताए । सोही कम्पनीले ६ नम्बरमा ५७ र १० नम्नर वडामा चार कोठे भवन ३२ लाखमा पारेको दाहालले बताए । १० नम्बर वडाध्यक्ष सागर राईले पनि भवनको आजै शिलान्यास गरिएका हुन ।
नगरमा १० वटा वडा मध्ये आठ वटा वडामा एकसाथ शहरी स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको नगर प्रमुख दिलिपकुमार राईले बताए । आधारभूत स्वास्थ्य केन्द्र अन्तरगत बन्ने भवनहरु नगरको बहुबर्षिय योजना रहेको वडा नम्बर १ को अध्यक्ष तथा नगरको भौतिक पूर्वाधार विकाश समितिको प्रमुख बाबुराम एङ्देन लिम्बूले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।