
-प्रकाश दिप्साली राई
असार-४, नडाहा । “चिलिम ढुङ्गा टल्कियो सेतै हिउँले …. जोडौकी साइनो हजुरा हासखेल गर्ने निउले …….।” यो गीत अहिले निक्कै चर्चामा छ ।
लकडाउनको फुर्सदिलो समयमा धेरैले यो गीत सुन्न भ्याए । पछिल्लो समय युवा पिढीमाझ लोकप्रिय बनेको टिकटकमा पनि यो गीतले उत्तिकै स्थान पाए । यो गीत गीतसङ्गीत, कलाकारिता र निर्देशनमा लामो समय संघर्ष गरेकी कृष्टी किराती लिसराको निर्देशनमा बनेको म्युजिक भिडियो हो ।
अहिले यो गीत प्रायको मुखैमा झुन्डेको छ । अझ पुर्वेली गाउँघरतिरको पुर्वेली लोकभाका भएकोले त्यही जन जीवन भोग्नेहरुको लागि त यो गीत जीवनको एउटा कालखण्ड जस्तै बनेको छ ।
यो गीत छायांकन गर्ने बेला सम्म पनि यो गीत यति धेरै लोकप्रियता पाउने नपाउने दर्शकलाई जिम्मा दिदै यो गीतको निम्ति निक्कै कडा मिहिनेत गरेको थियो टिमले । नभन्दै सफलता पनि मिहिनेत अनुसार नै मिल्यो । यो बेला सिङ्गो टिम मख्ख छ ।
त्यसो त यस अघिका ख्याती प्राप्त गायकहरुले गाएका उनले निर्देशन तथा अभिनय गरेका गीतहरु “छुट्टिएर भयौ हामी क्षितिज वारि पारी”, “साचो माया” , “गयौ तिमी मेरो मन झस्काएर” जस्ता गीतहरु पनि लोकप्रिय बनिसकेको छ ।
उनी त्रिवेणी टि.भि.मा हरेक शुक्रबार लोकप्रिय कार्यक्रम “फलैचा” दोहोरी गीतको प्रस्तोता पनि हुन् । सुनिता थेगिमको स्वरमा रहेको यो गीतलाई विकास दुमी राईले लेखेका हुन् भने सङ्गीत अनिल कोयु राईले भरेका छन् ।
दार्जिलिङ्को कालिम्पोङ्मा जन्मेका उनी घुम्ने क्रममा २०५८ सालमा पहिलो पल्ट नेपाल आएका थिए । पछि उनी २०६१ देखि नेपालमै बस्न थालिन् । कलाकारितामा दत्तचित्त भएर लागिन् ।
उनी पहिले पहिले म्युजिक भिडियोमा अभिनय पनि गर्थिन् । अहिले चाहेर पनि व्यस्तताका कारण भ्याउदिनन् । उनी आफ्नो जीवननै गीत सङ्गीत तथा कलकरितामा होमिएको बताउछन् ।
उनी भन्छिन् ” निर्देशन गर्दै गीत सङ्गीत तथा कलाकारितामा रमाउनुको मज्जा नै बेग्लै छ ।
कोरोना कहरले गर्दा बाहिर फेरो गर्न पाइएको छैन । लकडाउन पुर्णरुपमा खुलेपछी केही म्युजिक भिडियो गर्नुछ । अहिले त्यसैको पर्खाइमा छु ।”
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।