
जेठ-४, काठमाडौं । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान प्रारम्भ भएसँगै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यस्तता बढेको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् ।
जसमा हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई काठमाडौं ल्याएको छ । यो जहाज मलेसिया उड्ने क्रममा एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु बोकेर उडेको थियो । बिहीबार नै जजिरा एयर र सलाम एयरले कुवेत र ओमानबाट क्रमशः १५० र १४६ जना नेपाली लिएर काठमाडौं आएका छन् ।
कतार एयरवेजोहाबाट नेपाल आउँदा एक जना नेपालीलाई लिएर आएको थियो । उसले नेपालमा रहेका २६३ जना विदेशीलाई बोकेर गएको छ । आज साँझ हिमालय एयरलाइन्स ७ः१५ मा दमाम जाँदैछ ।
नेपाल एयरलाइन्स भने ९ बजे दुबई जाने कार्यक्रम छ । प्रस्थान गर्ने क्रममा हिमालय एयरलाइन्सले चार जना नेपालीलाई दमाम लैजाँदै छ । यी दुई उडान शुक्रबार बिहान क्रमशः साढे ६ र ७ बजे काठमाडौं उत्रने भएका छन् ।
आन्तरिकतर्फ तारा एयरले काठमाडौंबाट विराटनगर उडान गरेको छ । यो उडानबाट ११ जनाको कोभिड अपरेसन टिम विराटनगर गएको छ । सिम्रिक एयर जाजरकोटबाट ४ जना यात्रु बोकेर काठमाडौं आएको छ । सीता एयर नाइटस्टपका लागि सिमीकोटबाट काठमाडौं आएको छ ।
एयर डाइनेस्टीले बेंसीसहरबाट घाइते लिएर काठमाडौं आएको छ । बुद्ध एयरले राजविराजका लागि पीपीसी फ्लाइट गरेको छ । यस्तो उडान पाइलटको लाइसेन्स रिन्युका लागि हुने गर्छ । मनाङ एयरले सोलुखुम्बुबाट ७ जना यात्रु बोकेर काठमाडौं आएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।