२०८० चैत्र १६ शुक्रबार

हतुवागढी पूर्णेडाडा, पेक्ला, खोङटाराङ सडक स्तरउन्नति र ट्रयाक ओपन कार्य सम्पन्न नजिक (तस्वीर सहित)

असार-५, भोजपुर । आर्थिक बर्षको करिव अन्त्य तिर भौतिक पूर्वधार विकास मन्त्रालय १ नं. प्रदेशको योजना हतुवागढी पूर्णेडाँडा, पेक्ला, खोङटाराङ सडक स्तरउन्नतीको निर्माणकार्य तिव्रगतिमा अगाडी बढीरहेको छ ।

गतसाता पूर्वधार विकास कार्यालय भोजपुरमा सडक निर्माण समिति र नियमन कार्यालय विच सम्झौता भए पश्चात पूर्णेडाँडा स्थितको खेलमैदानको तलबाट सडक स्तरउन्नती कार्य थालनी गरीएको थियो । भौतिक पूर्वधार विकास मन्त्रालय १ नं. प्रदेश सरकारबाट ५० लाख भरखरै विनियोजन भएको थियो ।

यसै बर्ष पेक्ला खोङटाराङदेखि कावाँ लप्सीबोटे हुँदै रामप्रसाद राई गाउँपालिकाको खुक्सिक जोड्नको लागि संसद क्षेत्रविकास कोषबाट १४ लाख ८५ हजार रकम विनियोजित भई धमाधम अहिले ट्रयकओपनको कार्य भइरेको छ । यसक्षेत्रमा अहिले सडक निर्माण भइरहेको कार्यलाई आमस्थनीय नागारिकले हर्षित हुँदै स्वागत गरेका छन्, स्वतस्फुर्त सडक फैलाउन मागदर्गै फुल्नलागेको  आफ्नो मकैबारीलाई समेत मास्दै सडक निर्माणमा लागिपरेका छन् ।

सडक अनुगमन गर्दै । तस्वीर : इ पोष्ट

यी दूवै योजनालाई नियमन गर्ने कार्यालय भौतिक पूर्वधार विकास कार्यालय भोजपुरका प्रमुख राजन रेदि र इन्जिनियर टिमले निर्माण कार्यको रफतारलाई देखेर दंगपरेको सुनाए । उनीहरुले भने- आफ्नो गाउँठाउको विकासमा यसरी नागारिक आफै लागिपर्यो भने सयगुणा बढी राम्रो काम भई मुलकको विकासले छिट्टै फर्कोमार्ने र यहाँ उदाहरणीय कार्य भएको बताए ।

जनश्रमदान गर्दै स्थानीय नागरिक । तस्वीर : इ पोष्ट

दुवै सडक निर्माणका लागिे पहलकदमी गरी अगुवा गरीरहेका हतुवागढी दिमालुङ पर्यटन पूर्वधार विकास संस्थाका अध्यक्ष जीवन खाहोङ राईका अनुसार अहिले सडक माथिल्लो पेक्ला (खोङटाराङ) क्षेत्रको रामनवमी परिषरमा ठूलो पहाड चट्टान भेटीएको र त्यसलाई ब्रेकिङ गरेपछि करीव २/३ दिनमा काँवाखोला पुग्ने जानकारी गराए ।

जनश्रमदान गर्दै स्थानीय नागरिक । तस्वीर : इ पोष्ट

स्वादेश तथा विदेशमा बसोवास गर्ने स्थानीयको पहलमा बरीव ७ बर्ष अगाडी यसबाटोलाई करीव ७ किलो मिटरको दुरीको सानो ट्रयकओपन गरेका थिए । यस क्षेत्रमा सडक बाटो खुल्नसाथ हतुवागढी २ नं. वडा लगायत यसका आसपासका गाउँवडासंगै छिमेकी रामप्रसाद राई गाउँपालिकाका आम नागरिकहरु किनमेल लगायत अन्य सारान्तारनका लागि पूर्णेबजार, हतुवाको शनीबारे बजार, आमचोक गाउँपालिकको बयाङ बुधावारे बजार र धरान चतरा जाने छोटो मार्गको रुपमा प्रयोग गर्न थालेकोले यहाँको जनजीवन धेरै सहज भएको हतुवागढी दिमालुङ पूर्वधार विकास संस्थाका अध्यक्ष तथा सामाजीक अभियान्ता जीवन खाहोङ राईले बताए । उनले भने– अव यस सडकको स्तरउन्नती भएपश्चात दक्षिणी क्षेत्रका नागरिकहरु सदरमुकाम भोजपुरसम्म पुग्नलाई धेरै छोटोबाटोको रुपमा प्रयोग गर्न सकिने छ ।

आफ्नो मकैबारी आफै फार्दै स्थानीय । तस्वीर : इ पोष्ट

यस भन्दा पहिला सडक सुविधा नभएको बखत हतुवागढीबाट सदरमुकाम भोजपुर पुगेर आफ्नो अफिसियली काम गर्न जानको लागि करीव १३ घण्टा कठीन पैदल यात्रा हिड्नु पर्दथ्यो । सडक सुबिधा भएपछी अहिले करीव ३ घण्टामा सदरमुकाम पुग्न र आउन सकिन्छ ।

२०७७ असार ५, शुक्रबार ०८:५६ गते 1 Minute 73 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार