
असार-९ , सुर्खेत । सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।
वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।
ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।
उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए ।
मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।
थप एकजनाको मृत्यु भएसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक/एकजनाको मृत्यु भइसकेको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।