२०८० आश्विन ७ आईतवार

वडाकार्यालय निर्माणमा वडावासीको सहयोग १५ लाख नाघ्यो

असार-९, धरान । वराहक्षेत्र गरपालिका वार्ड नं.–३ को नडाहामा निर्माणाधिन वडाकार्यालयमा वडावासीको सहयोग रकम हिजोबाट रु. १५ लाख नाघेको छ ।

नगरपालिकाले वडाकार्यालयको निम्ति टेन्डर आह्वान गरेको मिलन चौक मुसहरी टोलमा र नडाहामा वडाकर्यालय कहाँ बनाउने भन्ने मत मतान्तर भए पछि वडाकार्यालयाको निर्णय पश्चात जनताकै अगुवाइमा गत चैत्र २७ गतेबाट सुरु भएको सो निर्माण कार्यमा हिजोबाट १५ लाख रुपैयाँ नाघेको छ ।

केही दिन अघि वराहक्षेत्र नगरपालिका वार्ड नं.–३ को आधिकारिक पेजबाट सहयोग रकम सार्बजनिक गर्दै सो जानकारी गराएको हो । देश तथा विदेशमा रहेका वडावासीले हालसम्म गरेको सहयोग १६ लाख ४७ हजार ८ सय ६३ रहेको जानकारी पनि गराएको छ ।

सहयोग उठाउदै वडा कार्यलय बनाउदै स्थानीय नडहावासी

१ लाख भन्दा भन्दा माथि ३ जना सहयोगी मनहरु नवराज राई (टेकाने टोल, हाल द. कोरिया), ओम कमार भट्टराई (नडाहा, हाल अमेरिका), र युवराज पौडेल(मिलन चौक) ले सहयोग गरेका छन् ।

यस्तै पाँच जना सहयोगी मनहरुले ५० हजार भन्दा माथि सहयोग गरेका छन् । केही रकम उपलब्ध भैसकेका छन् भने केही आउने क्रममा रहेको श्रोतले जानकारी दिएको छ । गर्नेहरु सो सहयोग रकम सार्वजनिक पश्चात नयाँ अनलाइनसँग कुराकानी गर्दै वराहक्षेत्र -३ का वडाध्यक्ष रुद्र दाहालले वडाले लक्षित गरे भन्दा ज्यादा रकम उठेको र आðनो वडा बनाउन उत्साहजनक सहभागिताले जनता एक ढिक्का भए पछि पहाड फोर्न सक्छ भन्ने उदाहरण यस वडाका जनता पनि रहेको बताए । उनले थपे -अबको केही महिना भित्रै तामझामका साथ वडाकार्यालयको उद्घाटन गरिने छ’ ।

उता निर्माण समितिका अध्यक्ष केशव पुरीले आफुहरुको अपेक्षाभन्दा उल्लेख्य सहयोग प्राप्त भएकोले काम गर्न उत्साह मिलेको बताए उनले भने ‘यो बेला राजनीति स्वार्थ भन्दा पर रहेर दत्तचित्त भएर काम गर्ने बेलामा राजनीतिको संकिर्ण सोच बोक्नु राम्रो होइन । हामी विकास निर्माणकालागि राजनैतिक स्वार्थभन्दा माथि उठेर आðनो वडालाई समृद्ध बनाउने बेला भएको छ ।

हामीले लोकतन्त्रको मर्म अनुरुप काम गर्नुपर्छ।’ उनले थपे ‘लगभग आधाउधी काम सकियो यो कामलाई चाँडै फत्ते गर्न सिङ्गो समिति लागि परेका छौं । अब सो दिन पनि टाढा छैन ।’

यता कोषाध्यक्ष भीमदल राईले सहयोग रकम यति मै नरोकिएको बताए । साथै निर्माणधिन वडा कार्यालयको विषयमा अनावश्यक टिका टिप्पणी नगर्न सबैमा आग्रह गरे ।

२०७७ असार ९, मंगलवार ११:२१ गते 1 Minute 40 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार