२०८० जेष्ठ १८ बिहीबार

पथरीशनिश्चरेमा उद्योग गर्नेलाई कर छुट, कोरोनाको कारण नगरको बजेट अढाइ करोड घट्यो

-अर्जुन जम्नेली राई

असार-११, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाले रोजगार सिर्जना गर्ने नगर नयाँ उद्योगलाई करछुट गर्ने भएको छ ।

नगरको आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट मार्फत कर छुट गर्ने घोषणा भएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा २० भन्दा बढिलाई रोजगार दिने उद्योगलाई दुई बर्षसम्म स्थानीय कार छुट गर्ने उल्लेख छ । विदेशबाट फर्केका युवाहरुलाई नगरले समूह बनाएर उद्योग ब्यबसायमा लाग्न सहयोग गर्ने उल्लेख छ ।

नगरमा रहेका सामुदायिक वनहरुसँग सहकार्यमा पर्यटन उद्योगमा जोड दिने उल्लेख छ । असार १० गते प्रस्तुत बजेट ११ गते पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक भएको हो । कौसी तथा पुष्प लगायतको बिषादी रहित कृषि उत्पादनमा जोड दिने, पाँच बेडको पथरी अस्पताललाई १५ बेडको बनाइने, नगरका सबै बिद्यालयलाई प्रविधी मैत्री बनाइने, कोरोना भाईरसको कारण अबरुद्ध सिकाई प्रणालीलाई समय अनुकुल दुर शिक्षा लगायत वैकल्पिक प्रविधी अपनाइने उल्लेख छ ।

सातौ नगरसभामा उपप्रमुख यमुना बिष्ट बास्तोलाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र बजेटमा पथरी बजारमा ब्यापारिक भवन निर्माण गर्न एक करोड, दमकल खरिद गर्न ७० लाख, पथरी बजारमा खुल्ला ब्यायम शाला निर्माण गर्न १० लाख रकम बिनियोजन भएको छ ।

भौतिक निर्माणमा दोहोलु सुक्रबारे र रजत जयन्ती सडक कालोपत्रे एक करोड २५ लाखको दरले रकम छुटिएको छ । नयाँ बजेटमा पसुपंक्षी तथा मत्स्य विकास, कृषि तथा सहकारी, सामाजिक बिकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद लगायत अधिकांश पुरानै कार्यक्रम राखिएको छ ।

गत वर्षको तुलना बजेट आकार दुई करोड ६८ लाख २६ हजार ६० ले घटेर आएको छ । आर्थिक बर्ष २०७५/०७६ मा ६८ करोड ८० लाख ४८ हजार ५६२ थियो भने यो बर्ष ६६ करोड १२ लाख २२ हजार ५०२ रुँपैयाको बजेट आएको हो ।

गत बर्ष वडामा एक करोड दरले सिलिङ बजेट वितरण गरिएको थियो भने यो बर्ष ७५ लाख मात्र बिभाजन भएको छ । नगरमा १० वटा वडा रहेको छ । आयतर्फ दुई करोडको आन्तरिक आम्दामीको लक्ष्य राखिएको छ ।

राजस्व वाँढफाँडबाट १२ करोड ९७ लाख ३७ हजार ७ सय ७०, संघीय सरकारबाट ४६ करोड ४९ लाख, प्रदेश सरकारबाट ९६ लाख ५५ हजार ८ सय ६६ प्रदेशको निर्वाचन विकास कार्यक्रमबाट २ करोड ५० लाख र वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट १ करोड रकम प्राप्त गर्ने प्रस्तुत बजेटमा उल्लेख छ ।

नगरमा सेवाग्राहीहरु लाई गुणस्तरीय र छिटो काम दिन आगामी बर्षदेखि नगरको कर्मचारीहरु मध्ये एक जना, शिक्षक र स्वास्थ्य कर्मीबाट एक एक जनालाई पुरस्कृत गरेर काममा उत्प्रेरणा जगाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलाको उपस्थितीमा नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले बिज्ञप्ति मार्फत बजेट सार्वजनिक गरेका थिए । पत्रकारहरुको जिज्ञासाको उत्तर दिदै नगर प्रमुख दिलिपकुमार राईले बिकासको लागि पत्रकारहरुले निष्पक्ष रुपमा खबदारी गर्न आव्हान गरे ।

पत्रकार सम्मेलनमा उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले मन्तव्य राखेका थिए ।

२०७७ असार १२, शुक्रबार ०३:०० गते 1 Minute 7 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।