
असार-१३, धरान । आज शनिबार दिउसो ३ बजेतिर धरान-२ छाताचौकस्थित जिल्ला हुलाक नजिकैको घरमा झुण्डिएको अवस्थामा एक युवती फेला परेकी छन् ।
धेरै पहिलेदेखि धरानमै डेरा गरी बस्दै आएकी २० वर्षीया रुपल चौधरी झुण्डिएको अवस्थामा भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चौधरीले पासो लगाएर झुण्डिएको अवस्थामा अभिभावकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चौधरी धरान-१२ को पब्लिक हाइस्कुलमा अध्ययनरत थिइन् । बुबाआमालाई खाना दिइसकेपछि कोठामा टिभी हेर्नका लागि छिरेकी थिइन् ।
शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाका विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।