२०८० मंसिर २४ आईतवार

सङ्कटको समयमा पनि सयपत्री क्लबले गर्यो रक्तदान कार्यक्रमको आयोजना

असार-१४, नडाहा । कोरोना सङ्क्रमणले सबैलाई अस्तव्यस्त बनाइरहेको बेला सयपत्री क्लब बराहक्षेत्र ५ कालानबन्जरले रक्तदान कार्यक्रम गरेको छ ।

वराहक्षेत्र नगरपालिका वर्डा न-५ को वडाकार्यालय प्राङ्गणमा भएको सो रक्तदानमा ४२ प्रीन्ट रगत संकलन भएको क्लबका सचिव प्रदिप चौधरीले बताए । रक्तदान गर्नेमा स्थानीय ४० पुरुष र २ महिला रहेका छन् ।

” यो बेला हामी कोरोनाका कारण सङ्क्रमणको समयमा छौँ । यो बेला झनै मानिसको जीवन रक्षाका लागि ब्लड अत्यन्तै आवाश्यक पर्ने भएकोले यो कार्यक्रमको आयोजना गरेका हौं । रगत अभाबमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले ब्लड सङ्कलन गरेका हौं ।”

क्लबका अध्यक्ष दयाराम चौधरीले बताए । बिगतमा विभिन्न सास्कृतिक तथा सामाजिक काम गर्दै आएको र यस पटकदेखि रक्तदान कार्यक्रमको आयोजना गरेको र आगामी बर्षहरुमा पनि निरन्तरता दिदै जाने अध्यक्ष चौधरीले बताए ।

रक्तदान संकलन वि.पि.स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुको सहयोगमा भएको थियो ।

२०७७ असार १४, आईतवार १०:०८ गते 1 Minute 50 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।