
असार-२२, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सोमबार नगरको उत्कृष्ट पत्रकार र सन्चार संस्थालाई पुरस्कृत गरेको छ ।
यसरी पुरस्कृत हुनेमा ब्लाष्ट टाइम्स दैनिकमा कार्यरत पत्रकार दिनेश सुब्बा र पथरीबाट प्रकाशित अनमोलमणी साप्ताहिक रहेका छन । २०६४ सालदेखि पथरीबाटै प्रकाशित मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका सुब्बा हाल ब्लास्ट टाइम्स दैनिकमा कार्यरत छ्न । नगरपालिकाले उत्कृष्ट पत्रकारिता गरेकोमा सुब्बालाई नगद १५ हजार र प्रशंसापत्रले पुरस्कृत गरेको हो ।
त्यसैगरी नगरपालिकाले २०६४ सालबाट निरन्तर प्रकाशनहुँदै आएको अनमोलमणी साप्ताहिक पत्रिकाका प्रशासन गर्दै आएका शन्तोष राईलाई नगद २५ हजार र प्रशंसापत्रले पुरस्कृत गरेको हो । नगरपालिकाले कार्यविधी बनाएरै प्रत्येक बर्ष उत्कृष्ट पत्रकार सम्मण, पुरस्कार तथा सन्चार संस्थालाई पुरस्कृत गर्दै नीति बनाएको छ । कार्यविधी अगाडी नै बनेपनी चालू आर्थिक बर्षदेखी पुरस्कृत गर्न थालेको हो ।
तथ्य समाचारले संमृद्दी ल्याउने जनप्रतिनिधिको सुझाव
पुरस्कार वितरण कार्यक्रममा १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राईले सत्य तथ्य समाचारले देशलाई संमृद्दीतिर अघि बढाउने बताए ।
नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले कलमले कतिपय मानिसको जीवन जोखिम र घरबार बिगार्ने भएकोले तथ्यको आधारमा कलम चलाउन सुझाव दिए । विष्टले कलमले समाजलाई सहि दिशातिर अघि बढाउन पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय पार्षदसमेत रहेका नगरले गठन गरेको लेखन वृति, सम्मान तथा पुरस्कार छनौट समितिका सदस्य अर्जुन जम्नेली राईले नगरपालिकाले बार्षिक रुपमा १५ देखि २५ हजारको लेखन वृति र ६० बर्ष नाघेका पत्रकारहरुलाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउन अनुरोध गरेका छन ।
कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर शिक्षा प्रमुख सालिग्राम काफ्ले, ३, ४, ७ र ८ नम्बर वडा अध्यक्षहरु क्रमश डम्बर चेम्जोङ, गोबिन्द भण्डारी, कपिलमणी ढकाल र बाबुराम दाहाल, कार्यपालिका सदस्य भद्रमान घिमिरे (बिक) लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।