२०८० जेष्ठ १८ बिहीबार

एन्फा एकेडेमी क्वारेन्टाइन धरानमा बस्दै गरेका २ जनामा काेराेना संक्रमण पुष्टि

असर-२३, धरान । धरान उपमहानगरपालिका वडा नम्बर ३ र १९ एक महिला र पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भारतकाे दिल्लीबाट आएकी धरान ३ की ३६ बर्षीय महिला र कतारबाट आएका धरान १९ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे हाे । उनिहरू धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बस्दै आएकोमा संक्रमण देखिएपछि वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालेबताएका छन् ।

एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका अन्य ६५ जनाको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि  उनीहरुलाई आफ्नो घर पठाइएको वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले बताए ।

आज गरिएको नियमित पी सी आर परिक्षणमा  रिपोर्ट नेगेटिभ देखिएका ११ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रबक्ता डा. सापकोटाले जानकारी गराए। 

२०७७ असार २३, मंगलवार १२:२३ गते 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।