२०८० आश्विन १२ शुक्रबार

“लकडाउन सिर्जना शृङ्खला”को रचनाहरु अब पुस्तकमा

असार-२८, धरान । विश्वका मुलुकलाई जस्तै कोविड-१९ कोरोना महामारीको समयमा सन्चालन गरिएको “लकडाउन सिर्जना शृङ्खला”मा समावेश भएका सिर्जनाहरुलाई दस्तावेजको रुपमा अब पुस्तकमा पढ्न पाइने भएको छ ।

पुर्वान्चलमा लामो समयदेखी सकृयरुपमा साहित्य साधना तथा विभिन्न किसिमका साहित्यिक अभियानता कवि प्रकाश दिप्साली राईले कोरोना कहरलाई रचनात्मक बनाउने उदेश्यले सन्चालन गरेको सो शृङ्खलाका रचनाहरुलाई पुस्तकको रुप दिनका निम्ति पात्लेपानी कला/साहित्य प्रतिष्ठान भोजपुर, अन्तरास्ट्रिय परदेशी साहित्यिक समूह भारत, तायाजोङ मिडिया प्रोडोक्सन प्रा.लि. प्रकाशकको रुपमा रहने भएको छ ।

“लकडाउन सिर्जना शृङ्खला”को चर्चा चुलिने क्रममा शृङ्खलामा समेटिएका सर्जकहरुको मुहारको पेन्सिल आर्ट पोखराका चित्रकार कृष्ण मर्सानीले गरिरहेका छन् भने काठमाडौ (भोजपुर)का गजलकार राज हाङ्खिमले आफ्नो युट्युव च्यानलमा सो शृङ्खलामा समेटिएका सर्जकहरुको रचना वाचन दैनिकजसो गरिरहेका छन् । उक्त ङ्खलामा अनुज देखि अग्रजहरुलाई समेट्दै अग्रजहरुको विचार तथा अनुभव बाड्ने “मुलढोका” स्तम्भसम्म समेटिएको थियो ।

कार्यक्रम अवधिभर फोटो संयोजनमा दिप्सालीलाई कवि प्रदिप योङ्हाङले साथ दिएका थिए । “लकडाउन सिर्जना शृङ्खला” का अगुववा कवि प्रकाश दिप्साली राई शृङ्खलाको बारे भन्छन् “बुकको काम सुरु भैसकेको छ । प्रकाशकहरु जुटिरहनु भएको छ । अबको केही महिना पछि बुक बजारमा आउनेछ ।

यो शृङ्खलाले यो उचाइ लिदै गर्दा पोखराका कृष्ण मर्सानी दाइ, प्रिय कवि मित्र राज माङ्लाक, आदरणीय कवि दाइ काङ्माङ नरेश राई, प्रिय कवि भाइ प्रदिप योङ्हाङ र प्रकाशक सस्थाका अगुवाहरु लगायत सहयोगी मनहरुलाई धन्यवाद टक्राउन चाहन्छु ।”

२०७७ असार २८, आईतवार ०८:४३ गते 1 Minute 63 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार