नडाहाका शान्तिराम खरेल अनलाईन पालाम प्रतियोगिताको टप ५० (फक्तालुङ) राउण्डमा

Spread the love

असार-२९, नडाहा । याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको टप ५० मा नडाहाका शान्तिराम खरेेल छनौटमा परेका  छन।

गत चैत्रदेखि सुरु भएको सो प्रतियोगितामा विश्वभरका पालाम गायकहरुले प्रतिश्पर्धा गरेका थिए। जसमा ३५० जना प्रतिश्पर्धीले सहभागीता जनाएका थिए । त्यसमध्ये बाट उत्कृष्ट ५० जनालाई अघिल्लो राउण्डमा छनोट गरिएको थियो । जुन राउन्डमा वराहक्षेत्र नगरपालिका वार्ड नम्बर- ३, नडाहाका शान्तिराम खरेल सुरक्षित भएका छन् । जुन राउण्डलाई फक्तालुङ राउन्डको नाम दिएको छ ।

अब उनले अर्को प्रतिस्पर्धाका लागि नयाँ लयको पालाम गाएर पठाउनुपर्ने छ । उक्त लयको पालाम पनि उनले पठाइसकेका छन् । ताप्लेजुङमा थिङ्लाबुमा जन्मेका उनी २०५४ सालबाट नडाहामा बस्दै आएका छन् । केटाकेटी देखि नै उनलाई लिम्बू सस्कृती प्रती चासो राख्ने उनको घर नडाहामा अहिले आसपासको मेला बजार सकिएपछि बेलुकी उनको घरमा गाउँभरीका लिम्बू तथा पालामप्रेमीहरु जम्मा भएर रातैभरी पालाम गाउदै धान नाच्छन् । उनी आफू यो प्रतियोगितामा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै हार जित भन्दा नि आफू जति सक्दो राम्रो गर्ने प्रयास गर्ने बताए । यो प्रतियोगिताको विजेताले रु . ५०,०००/- प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रोले क्रमशः ४०,०००/- र ३०,०००/- प्राप्त गर्नेछन् ।

अन्य विधागत विजेताहरुलाई १० जनालाई १०,०००/- प्रदान गरिने छ । स्मरणीय रहोस् आजैबाट फक्तालुङ राउण्डको पालामहरु सार्वजनिक हुदैछ ।

42730cookie-checkनडाहाका शान्तिराम खरेल अनलाईन पालाम प्रतियोगिताको टप ५० (फक्तालुङ) राउण्डमा

प्रतिकृया दिनुहोस्