
असार-२९, काठमाडौं । काठमाडौं उपत्यका लगाएत अन्य जिल्लाहरुमा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् ।
सोमबार काठमाडौँको चक्रपथमा मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । त्यसैगरी एक जिल्लादेखि अर्को जिल्ला सम्म आवत जावत गर्न नपाउने गरि सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा पनि आंशिक रुपमा यातायातका साधन खालि नै भएपनि गुडेको दृश्य देखिए ।
बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् ।
सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।