
असार-३०, मोरङ । बेलबारीका प्रयोगवादी साहित्यकार इरानराइको कट्टु व्यङ्ग्यात्म निबन्ध संग्रह भानु जयन्तिको अवसर पार्दै हिजो बेलबारीमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ ।
हिजो बेलबारी स्थित मदनमनमोहनआश्रितपुष्परत्न सांस्कृतिक भवनमा सो किर्तीको सार्वजनिक गरिएको हो । इरानराइ मोरङको बेलबारीमा बसेर लामो समयदेखि साहित्य सिर्जना, समाजसेवा जस्ता काममा सक्रिय छन् नेपाली लेखनमा उनलाई प्रयोगवादी लेखकको रुपमा चिनिन्छन् । अझ हाइकुमा बलशाली हाइकुकारको रुपमा आफ्नो परिचय बनाएका छन् । यो निबन्ध संग्रहमा पनि राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक आदि विषयहरूमा भएका/देखिएका विकृति–विसंगतिहरूबारे उजागर गरिएको छ ।
यस सङ्ग्रहमा अ, आलोचना, गरिबी, अविज्ञापन, गुट-उपगुट, कट्टु, परी–योजना, सभासद, समाज–मेवा, शब्दमोह, सुतुवा, ठेक्का, वैचारिक स्थानहरू, मेरो पत्रकारिता, दुखेसाहरू र पालैसान्ती गरी १५ वटा व्यंग्य निबन्धहरू रहेका छन् ।
सो निबन्ध सङ्ग्रहबारे बोल्दै कार्यक्रमका प्रमुख अतिथी बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सर्जक राईको नयाँ कृतिले नेपाली साहित्यमा एउटा विशिष्ट स्थान बनाउने विश्वास व्यक्त गरे। उनले बेलबारी नगरपालिकाले बेलबारी प्रज्ञाप्रतिष्ठान तत्काल गठन गरी साहित्यको विकासमा काम गर्ने बताए । स्रष्टा समाजका अध्यक्ष तथा अग्रज साहित्यकार एचएम तामाङले ‘कट्टु’ मा कताकता भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा आदिको झल्को आउने बताए।बेलबारी नगरपालिकाकी उपप्रमुख तथा साहित्यकार ढाका पराजुलीले निबन्धकार राईको नयाँ कृति ‘कट्टु’ साहित्यमा एउटा कोशेढुंगा बन्ने विश्वास व्यक्त गरिन्।
निवन्धकार राईले प्रकाशित व्यङ्ग्य निबन्धहरू कोही व्यक्ति वा कुनै संस्थाप्रतिको टिप्पणी नभएको उल्लेख गरे। व्यंग्यलाई सकारात्मक रूपमा लिएमा आत्माआलोचनाको बानी विकास हुने, आत्माआलोचनाको विकासले आफूभित्र रहेका विकार र विकृतिहरूलाई निर्मूलीकरण गर्दै स्वच्छ र समुन्नत समाज निर्माणमा योगदान पुग्ने कुरा बताए ।
साहित्यकानगर प्रमुख सुवेदीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा सामाजिक दुरि कायम गर्दै समीक्षक एचएम तामाङ, साहित्यकार तथा संस्कृतिकर्मीहरू डिपी राई र रमेशकुमार तामाङ ,राजनैतिक दलका नेताहरू राम कार्की, धर्मप्रसाद जमरकट्टेल, बेलबारी१ वडाअध्यक्ष चत्रलबहादुर खलाल, यसैगरी साहित्यकार तथा संस्कृतिकर्मीहरू तिला लेकाली, रमेश निरौला, धनजित पराजुली, राजकुमार राई, गणेश लामा ‘आँसु’, टेकराज एक्चाइमगर, सञ्जीव धिमाल, बादलदेवी चाम्लिङ, छवि वैरागी घिमिरे, मनकुमार गुरुङ, शिव छाङ्छा, हिरा अधिकारी, धिरोज श्रेष्ठ, फडिन्द्रबहादुर थापा,
पत्रकारहरू भक्तशेर लिम्बू, केशु विरही, नारायण राई, भीमकुमार राई नरेन्द्र बस्नेत, भोजराज बस्नेत, उत्तम पोख्रेल, अर्जुन कुलुङ राई, रमेश क्षेत्री, रोशनकुमार श्रेष्ठ, युवा समाजसेवीहरू कृष्ण गुरुङ, बाबुराम चौधरी, तीर्थराज सिग्देल, टङ्क चम्लागाईँ, शिव दाहाललगायतको उक्त कार्यक्रममा सहभागिता थियो।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।