२०८० मंसिर २४ आईतवार

कानेपोखरीमा युवाले गरे कांग्रेस परित्याग तरुण दलको जिल्ला सदस्यसहित १५० नेकपामा प्रबेश

साउन-१, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा १५० जना युबाले नेपाली कांग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन । नेपाली कांग्रेस संबद्द युवा संगठन तरुणदलको मोरङ जिल्ला सदस्य विशु राईको नेतृत्वमा युवाहरु नेकपामा प्रवेश गरेका हुन ।

नेकपा प्रबेश गर्नेहरुमा गाउँपालिका २ नम्बर वडाका कांग्रेस पार्टीको क्रियासिल सदस्य डिल्ली कटुवाल, तरुण दल गाउँ समिटी सदस्य अनिल चौधरी, युवाहरु अनिस न्यौपाने, विसे राजबंशी, अभिचन्द्र राई, आशिस राई, सन्तोष गुरुङ लगायत रहेका छन ।

नव प्रवेशी युवाहरुलाई नेकपा केन्द्रिय सदस्य महेश रेग्मीले अविरको टिका र खादा लगाइदिएर पार्टी प्रवेश गराएका थिए । रेग्मीले नवप्रवेशी युवाहरुको शुभकामना दिदै योग्यता, क्षमता अनुसार जिम्मेवारी दिएर युवाहरुको भविश्य उज्यालो बनाउने तर्फ नेकपा लाग्ने बताए ।

कार्यक्रममा पार्टी प्रदेश सदस्य गीता तिम्सिना, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य इश्वरी आचार्य, क्षेत्र नं. २ का प्रदेश सांसद लिलाबल्व अधिकारी, पार्टी गाउँ इन्चार्ज राजेन्द्र मण्डल र राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष नविन पौडेलले शुभकामना दिएका थिए । युवाहरु लागुऔषध र दुरव्यसनबाट टाढा रहन र भाग्य, भविश्य निर्माणमा अगाडी बढ्न सुझाव दिएका छन ।

गाउँपार्टी अध्यक्ष भोला अधिकारीको अध्यक्षता र सचिव मनोज राजवंशीले सन्चालन गरेको कार्यक्रममा पार्टी प्रदेश सदस्य इन्द्र सुब्बा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य बिजय डांगी, युवा फ्याक्सन मोरङ ईन्चाज अशोक दाहाल, गाउँ पार्टी सहइन्चार्ज अम्बिका अर्याल, वडा नं. ५ वडा अध्यक्ष चरण गुरुङ, ६, ७ का वडाध्यक्षहरु क्रमस खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

२०७७ श्रावण १, बिहीबार १३:२१ गते 1 Minute 67 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।