
-प्रकाश दिप्साली राई
साउन-२, नडाहा । नडाहाका शान्तिराम खरेलले याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको टप २० मा पर्दै आफ्नो दाबेदारीलाई थप मजबुत बनाएका छन् ।
हिजो याक्थुङ कलचर ग्रुपको आधिकारी पेजबाट निर्णायक झुमा लिम्बुले गरेको उत्कृष्ट २० को घोषणामा कन्टेस्ट नम्बर २२१ का वराहक्षेत्र नगरपालिका नडाहा निवासी खरेल पनि सुरक्षित भएका हुन् ।
गत जेष्ठ १५ देखि सुरु भएको सो प्रतियोगितामा विश्वभरका पालाम गायकहरुले प्रतिशष्पर्धा गरेका थिए। जसमा ३५२ जना प्रतिश्पर्धीले सहभागीता जनाएका थिए । त्यसमध्ये बाट उत्कृष्ट ५० जना र त्यसबाट पनि उत्कृष्ट २० को छनोटमा खरेल छानिएका हुन् । उनी फक्तालुङ राउण्डबाट साम्लो लुङ्धुङ राउण्डमा प्रवेश गरेका छन् ।
अब उनले अर्को प्रतिस्पर्धाका लागि नयाँ लयको पालाम गाएर साउन ४ गतेभित्र पठाइसक्नु पर्ने छ । ताप्लेजुङमा थिङ्लाबुमा जन्मेका उनी २०५४ सालबाट नडाहामा बस्दै आएका छन् । केटाकेटी देखि नै उनलाई लिम्बू सस्कृती प्रती चासो राख्ने उनको घर नडाहामा अहिले आसपासको मेला बजार सकिएपछि बेलुकी उनको घरमा गाउँभरीका लिम्बू तथा पालामप्रेमीहरु जम्मा भएर रातैभरी पालाम गाउदै धान नाच्छन् । अघिल्लो चरणका लागि अझ राम्रो गर्ने उनको चाहना छ। हार जित भन्दा नि आफू जति सक्दो राम्रो गर्ने प्रयास गर्ने बताए ।
यो प्रतियोगिताको विजेताले रु . ५०,०००/- प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रोले क्रमशः ४०,०००/- र ३०,०००/- प्राप्त गर्नेछन् । भने अन्य विधागत विजेताहरुलाई १० जनालाई १०,०००/- प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम नतिजा साउन २२ गते नतिजा सार्वजनिक गरिने छ ।
430000cookie-checkशान्तिराम खरेलको अनलाइन पालाम प्रतियोगितामा दाबेदारी यथावतै