२०८० आश्विन १२ शुक्रबार

१ सय ८६ नयाँ सङ्क्रमित थपिए, संक्रमित संख्या १७ हजार ८ सय ४४ पुग्यो

साउन-५,काठमाडौँ । नेपालमा कोभिड-१९ का १ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १ सय ८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ४ हजार २ सय १६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड-१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ८ सय ४४ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार ५ हजार ९ सय ३६ जनामा कोभिड-१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

पछिल्लो चौबीस घण्टामा १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म ११ हजार ८ सय ६८ सङक्रमित निको भएका छन् । हाल क्वारेन्टाइनमा कोभिड-१९ का २२ हजार २ सय २८ जना आशङ्कित छन् ।

२०७७ श्रावण ५, सोमबार १३:५१ गते 1 Minute 37 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार