२०८० चैत्र १६ शुक्रबार

‘लकडाउन सिर्जना शृङ्खला’को उचाईसँगै नव सर्जकहरुको आगमन

समयले नमिठो गरी कोल्टे फेर्यो । विश्वमा एक प्रकारको भय उत्पन्न भयो । विभिन्न निकाय अनि सन्चार माध्यमहरुले विपत्ती तथा संकटको सुचना प्रवाह गर्न थालीसकेका थिए । त्यो कुनै उत्सव रंगको नभएर विश्व महामारी कोरोना भाईरस(कोभिड(१९)को । भाईरसले आफ्नो विश्व भ्रमण चिनबाट सुरु गर्दै दुनियाँ आफ्नो कब्जामा पारौंला झैं गर्दै छिमेकी मुलुक भारतसम्म आईपुग्यो । त्यहाँबाट यता आइपुग्ला कि भन्ने भयले नेपाल सरकारले लकडाउन जारी गर्यो । यहाँ सरकारको विवेकता देखिएकै हो तर लकडाउन अवधीको समयमा सरकारको व्यवस्थापन चाहीं फितलो नै भयो । आर्थिक होस्, मान्छेको मनोविज्ञान होस्, सन्त्रास होस् हरेक क्षेत्रबाट लाखौ मानिसहरु सिकार हुदै गयो । हाम्रो देश त झन त्यसबाट अछुतो रहनै सकेन ।

विभिन्न (लकडाउन सिर्जना शृङ्खलाबारे विभिन्न सञ्चार माध्यमले छापेको समचारहरु)

विभिन्न (लकडाउन सिर्जना शृङ्खलाबारे विभिन्न सञ्चार माध्यमले छापेको समचारहरु)

यसको रोकथामको लागी संसारमा नाम कहलिएका राष्ट्रहरु लडे पनि कुनै पार नलागेपछि अन्तिममा एउटै उपाय निस्कियो लकडाउन । विश्व पुर्णरुपमा लकडाउनमा थियो । भाईरसकै कारण घरको कोठाहरुमा बन्द भएर बस्नुभन्दा अर्को उपाय थिएन । जनमानसमा भाईरसको डर त छँदैथियो । सँगसँगै लाखौ भोकमारी लगायतका कंयौ समस्याहरु एकै पटक देखा पर्दैथियो, कतिले आफ्नो भविष्य ओझेल पर्दैगैरहेको महसुस गर्न थालिसकेका थिए ।

विशेष गरेर साहित्यको क्षेत्रमा पाईला चाल्दै गरेका नव आगन्तुक सर्जकहरुमा लकडाउनको प्रभाव बढि नै देखिन्थ्यो । साहित्य एक अदृष्य शक्ती हो । देश विकास, समाज सुधार, समुदायमा भएका विकृती, विसंगतीबारे चिरफार गर्ने एक माध्यम भएकोले देश विकासको एक अंशभन्दा फरक नपर्ला । देशमा विषम परिस्थितिका कारण साहित्यिक कार्यक्रम, छलफल, अन्तरक्रिया, गोष्ठी जस्ता कुनै पनि कार्यक्रम गर्ने वातावरण बन्न सकेन । साहित्यिक मनहरु विरक्तिएका थिए । साहित्यिक क्षेत्रमा कलम चलाईरहेका नव-आगन्तुक सर्जकहरुमा जोस जाँगर सेलाउँदै जाने क्रम बढ्दो थियो । यस्तो अवस्थामा अनेकौं प्रश्नहरुको लर्को लाग्न थालिसकेको थियो । अब साहित्यको भविष्य कहाँ जाला ? साहित्यले अब कस्तो मोड लिन्छ होला ? जस्ता कुराहरुले गाँजिरहको थियो ।

(गजलकार राज हाङ्खिमले युट्युब च्यानलमा प्रसारण भएको रचनाको झलक)

                                                         (गजलकार राज हाङ्खिमले युट्युब च्यानलमा प्रसारण भएको रचनाको झलक)

यही बेला २०७६ चैत्र ११ गते बिहानी समयमा यो बेलाका सबैको प्रिय कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली राईको फेसबुक वालमा एउटा पोष्ट ‘सुनाखरी’ शीर्षकको कविता देखिन्छ र सुरु हुन्छ ‘लकडाउन सिर्जना शृंखला नामको प्याकेज । सुरुमा त खासै प्रभावकारी नहोला कि भन्ने अड्कल गरिएको थियो । अन्ततगोत्वा यो प्याकेजले साहित्य क्षेत्रमा एक प्रकारको कायापलट नै ल्याईदियो ।

हुन त काठमाडौ लगायत विभिन्न ठाउँबाट यस्तै यस्तै अभियानहरु नचलका होइनन् तर ‘लकडाउन सिर्जना शुंखला’ले जस्तो वाही वाही पाउन सकेन । प्रकाश दिप्साली सर पछिल्लो पुस्तालाई कहीं कतै रुमलिएकाहरुलाई सतह र सतहभन्दा माथि उठाउनको निमित्त मरिमेट्ने एक कुशल मार्ग निर्देशक हुन् । माथी उठेपछि धरातल बिर्सिनेहरुको भिडमा अनि जिन्दगीको कठिन यात्राहरुमा आफुसंगै अरुलाई पनि हिडाउनु पर्छ भन्ने मान्छेहरु कमै भेटिन्छन् आजकल । तर उहाँ सधै भन्नुहुन्छ “स्थापित सर्जकहरु आफै हिड्न सक्छन्, हामीले त नव आगन्तुक आउँदै गरेका सर्जकहरुलाई साथ दिनुपर्छ हामीले साथ नदिए कस्ले दिन्छ।” हामी नयाँ लेखकहरुको लागि उहाँको यो बिचार नै काफी छ । ‘लकडाउन सिर्जना शृङ्खला’ पनि ठुलो नभई सामान्य सोच बनाएर नव सर्जकहरुलाई नै उठाउने उद्देश्यले सुरुवात गरिएको हुन सक्छ । र नै पनि अन्य अभियान वा कार्यहरुभन्दा यो शृङ्खला लोकप्रिय लाग्यो र बन्यो ।

कोरोना कहरको त्रादशी र भयसरीको समयमा यो हिम्मत चानेचुने हुँदै हैन, जब कि मै हुँ भन्ने कवि लेखकहरु त थला परे झैं मौन बसे । तत्पश्चात उहाँलाई साथ दिन कैयौं पाईलाहरु पछि लाग्न थाले । एकाएक लकडाउन शृङ्खलाको चर्चा देश तथा विदेशसम्म हुन थाल्यो । प्रकाश दिप्साली सर भन्नुहुन्छ – “लेखन प्रतिको झुकाव राख्ने अनि पछिल्लोपल्ट लेखनमा भविष्य खोज्ने सर्जक र पाठकहरुको मायाले नै यो शृङ्खलाको उचाई यहाँसम्म पुगेको हो ।”

यो शृङ्खला चैत्र ११ गते देखी बैसाख १७ गतेसम्म निरन्तर दैनिक तिन सर्जकका सिर्जनाहरु पस्कदै सामाजिक संजाल फेसबुक मार्फत पाठकहरु समक्ष पुर्याउने हरदम प्रयास भै नै रह्यो । पाठकबाट आएका प्रतिक्रृयालाई अझ थप उर्जासहित बिहान ७ बजे, दिउँसो १२, र बेलुका ५ बजे गरेर सर्जकका सिर्जना निरन्तर प्रवाह गरिरहँदा लकडाउनका कारण लंगडो भएर थलिएका साहित्यिक पाईलाहरुले सहाराको रुपमा बैसाखी पाए झैँ महसुस गरे । कोरोना कहरको त्रादशी र भयसरीको समयमा यो हिम्मत चानेचुने हुँदै हैन, जब कि मै हुँ भन्ने कवि लेखकहरु त थला परे झैं मौन बसे । तत्पश्चात उहाँलाई साथ दिन कैयौं पाईलाहरु पछि लाग्न थाले । एकाएक लकडाउन शृङ्खलाको चर्चा देश तथा विदेशसम्म हुन थाल्यो । प्रकाश दिप्साली सर भन्नुहुन्छ – “लेखन प्रतिको झुकाव राख्ने अनि पछिल्लोपल्ट लेखनमा भविष्य खोज्ने सर्जक र पाठकहरुको मायाले नै यो शृङ्खलाको उचाई यहाँसम्म पुगेको हो ।”

साँच्चै भोली यो शृङ्खला एउटा ऐतिहासिक दस्ताबेज बन्न सक्छ । लकडाउनका कारण भएका उतारचढावलाई समायोजन गरी विषम परिस्थितिमा गरिएको दुर्लभ साहित्यिक कार्य भोलिको पुस्ताको लागी उदाहरणीय बन्न सक्छ अथवा बन्नु पर्छ । त्यसको निम्ति हामी पनि यो अभियानमा जुट्नु पर्छ ।

लकडाउन शृङ्खलाले नव-सर्जकहरुमा आशाको दिप बालिदिएको छ । साहित्य पनि एक प्रकारको शक्ति हो । साहित्यप्रती हमेशा गलत धारणा राख्नेहरुको लागी अब चुनौती बनेको छ । साहित्य भित्रको गजल र कविता विधाले पनि एउटा सुन्दर समाजको प्रतिनिधित्व गर्दछ भन्ने भाव यो शृङखलाले आम जनमानससम्म पुर्याउने काम गर्यो । यतिमै मात्र सिमित रहेन लकडाउन शृङ्खला, ११० सर्जकका सृजनाले पुरै भौगोलिक बनावट, वातावरण, देशविदेशका पीडा हर्ष, सामाजिक, राजनीतिक विकृती, विसंगती जस्ता सिंगो विषयलाई उठान गरेको कारण भोलिका दिनहरुमा यसलाई साहित्यिक युग परिवर्तनको संज्ञाको रुपमा पाउन सक्छ यो शृङ्खलाले । यस कार्यलाई अझ पुर्ण रुप दिन लिखित दस्तावेजको रुपमा देश तथा विदेशमा रहनु भएका ११० सर्जकका सृजनालाई समेटेर पुस्तक छापिने कुरा पक्कापक्कि भैसकेको छ । जसको अगुवाई पात्लेपानी कला साहित्य प्रतिष्ठान हतुवागढी भोजपुर, तायाजोङ मिडिया प्रोडोक्सन प्रा.लि. र अन्तराष्ट्रिय परदेशी साहित्य समुह, भारतले गर्ने भएको छ ।

‘लकडाउन सिर्जना शृङखला’मा समावेश भएका सर्जकहरुको पोखराका चित्रकार कृष्ण मर्सानीले बनाएका चित्रहरु ।

‘लकडाउन सिर्जना शृङखला’मा समावेश भएका सर्जकहरुको पोखराका चित्रकार कृष्ण मर्सानीले बनाएका चित्रहरु ।

लकडाउन शृङ्खला पछिल्लो पुस्ताहरुको लागी त झनै चासोको विषय बनेको छ । यस शृङ्खलामा समावेश गरिएका ११० सर्जकका सृजनाहरुलाई स-स्वर वाचन गर्दै आफ्नो युट्युव च्यानलमा सार्वजनिक गरेर काठमाडौ(भोजपुर)का गजलकार राज हाङ्खिममार्फत शृङ्खलालाई थप प्रभावकारी बनाउने प्रयास भएको छ । यसबाट पढ्न लेख्न समस्या भएका पाठकहरुलाई सहज बनाईदिएको छ । राज हाङ्खिमलाई उनका सहकर्मी पारुहाङ राईले काँध थापिरहेका छन् । भने उता पोखराबाट प्रतिभाशाली चित्रकार कृष्ण मर्सानी ज्युले शृङ्खलामा समावेश भएका सर्जकहरुको पेन्सिल आर्ट(चित्र) कोर्दै शृंखलाको उचाईमा कोषेढुंगा सावित गरिदिनु भएको छ ।

स्थापितहरुलाई त यो चित्रले के कति अर्थ राख्छ थाहा भएन तर हामी जस्ता भर्खर लेखनमा के के नै पाइन्छ भनेर होमिएकाहरुको लागि त अमृत नै हो, जसको कारण लेखनबाट पछि हटिने छैन । यो पेन्सिल आर्टले लकडाउन सिर्जना शृङ्खलामा कहीं कतै केही अपुग पो भयो कि लागेको खण्डमा यी तत्वहरुले पूरा भएको महसुस गरिदिएको छ । प्रदिप योङहाङको निरन्तर साथले पनि यो शृङ्खला भव्य बन्यो । नव सर्जकहरुको मनोवललाई त जंगे पिलर झै मजबुत बनाउने काम भैरहेको छ । उक्त शृङ्खलामा अनुजहरुलाई मार्ग निर्देश गर्ने ध्येयले अग्रजहरुलाई समेट्दै अग्रजहरुको विचार तथा अनुभव बाँड्ने “मुलढोका” स्तम्भसम्म समेटियो । जसले गर्दा अग्रजहरुको अनुभव र लेखन प्रतिको धारणाले समेत नयाँ पुस्ताहरुलाई छर्लङग भएको महसुस भयो ।

नव सर्जकहरुलाई प्रर्वधन हुने उदेश्यले तयार गरिएको स्तम्भ ‘मुलढोका’को एउटा झलक

नव सर्जकहरुलाई प्रर्वधन हुने उदेश्यले तयार गरिएको स्तम्भ ‘मुलढोका’को एउटा झलक

अन्त्यमा, विश्व महामारी विषम परिस्थितिलाई सदुपयोग गर्दै सामान्य सोच बनाएर सुरु गरिएको लकडाउन शृङ्खलाले आज यलले यहाँसम्मको उचाई पाएको छ । भोलि नेपाली साहित्याकासमा यो शृङ्खला कोषेढुङ्गा सावित हुनेछ, यसमा दुई मत नै छैन । सँगसँगै लकडाउनमा कवि लेखकहरु के गर्दै बसे भन्ने ज्वलन्त प्रमाण पनि हुनेछ ।

हामी जस्ता लेखकहरुको निम्ति त मुलढोका नै हुनेछ । बुक प्रकाशनको निम्ति हामीले आ-आफ्नो ठाउँबाट हातेमालो गरौं । प्रकाशकहरु त अगुवा मात्र हो । सहयोग त हामीले नै गर्ने हो । यस शृङ्खलासँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिनु भएका सम्पुर्ण साहित्यिक मनहरु धन्यवादका पात्र बनिसक्नु भएको छ ।

बाँकी रहेका हामी पनि जोडिएर यो अभियानलाई सफल बनाउनु पर्छ र यसो गरियो भने ‘लकडाउन सिर्जना शृङ्खला’ले अर्को उचाई चुम्नेछ, जुन उचाईमा यो शृङ्खलासँगै हामी नयाँ पुस्ताका सर्जकहरु पनि पुग्नेछौँ ।
जय साहित्य ।

२०७७ श्रावण ५, सोमबार १७:३६ गते 1 Minute 100 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार