२०८० आश्विन १४ आईतवार

नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन

साउन-४,बिराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो ।

सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत बरिष्ठ डा.गेहनाथ बराललाई पनि नोबेलले भित्र्याएको छ । डा.बरालसहित नोबेलका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएका छन् ।

सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेशनसहित स्त्रीजन्य सबै किसिमका क्यान्सरको पनि अप्रेशन थालिएको नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.गेहनाथ बरालले जानकारी दिए । उनले भने-‘नोबेलमा पहिले पनि धेरै किसिमका स्त्रीजन्य समस्याको उपचार र अप्रशन हुदै आएको थियो । अब सबै किसिमका स्त्रीजन्य समस्याको उपचार, अप्रेशनसहित स्त्रीजन्य यौनाङ्गहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेका छौ ।’

डा.बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुला लगायत रोगको अप्रेशनसहित पाठेघर तथा सबै स्त्रीरोग क्यान्सरको अप्रेशन पनि सुरु गरिएको हो । गुणस्तरीय र सर्वसुलभ उपचार सेवालाई प्राथमिकता दिदै आएको नोबेलले स्तरीय चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर जटिल तथा दुर्लभ उपचार पनि सफलतापूर्वक गर्दै आएको छ ।

२०७७ श्रावण ५, सोमबार १३:२५ गते 1 Minute 41 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।