२०८० चैत्र १५ बिहीबार

नडाहाका शान्तिराम खरेल मेन्छ्याम (टप-१०)राउण्डमा प्रवेश

– प्रकाश दिप्साली राई
साउन-१४, नडाहा । नडाहाका शान्तिराम खरेल याक्थुङ कल्चर ग्रुपले आयोजना गरेको विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको मेन्छ्याम (टप १०) राउण्डमा छ्नोट हुदै उपाधी माथी आफ्नो दाबेदारीलाई थप मजबुत बनाएका छन् ।
याक्थुङ कलचर ग्रुपको आधिकारीक पेजबाट निर्णायक यासेली योङ्हाङले गरेको मेन्छ्याम राउण्ड (उत्कृष्ट – १०) को घोषणामा कन्टेस्ट नम्बर २२१ का वराहक्षेत्र नगरपालिका नडाहा निवासी खरेल पनि सुरक्षित भएको जानकारी गराएको हो ।
गत जेष्ठ १५ देखि सुरु भएको सो प्रतियोगितामा विश्वभरका पालाम गायकहरुले प्रतिशष्पर्धा गरेका थिए। जसमा ३५२ जना प्रतिश्पर्धीले सहभागीता जनाएका थिए । त्यसमध्ये बाट उत्कृष्ट ५० , त्यसबाट उत्कृष्ट २० र त्यसबाट उत्कृष्ट १० मा खरेल छानिएका हुन् ।
अब उनले अर्को प्रतिस्पर्धाका लागि नयाँ लयको पालाम गाएर साउन १४ गतेभित्र पठाइसक्नु पर्ने छ ।
उत्कृष्ट १० मा पर्न सफल भएपछि इपोस्ट डटकमसङ्ग कुरा गर्दै खरेलले आफु लिम्बुवानी थातथलोमा जन्मेकोले लिम्बू सस्कृती सारै प्रिय लाग्ने बताए । आफुलाई यो स्थानसम्म आइपुग्न सहयोग गर्ने सब प्रती आभार व्यक्त गर्दै अब पनि आफुलाई उस्तै मायाका साथ सहयोगको अपेक्षा गरे ।
प्रतियोगिताको विजेताले रु . ५०,०००/- प्राप्त गर्नेछन् भने दोश्रो, तेश्रोले क्रमशः ४०,०००/- र ३०,०००/- प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम नतिजा आगामी साउन २२ गते सार्वजनिक गरिने छ ।
-यो पनि

२०७७ श्रावण १४, बुधबार ०४:३५ गते 1 Minute 163 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार