
साउन-१४, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बायोक्यामेस्त्री विभागमा कार्यरत एक डाक्टरको श्रीमानमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले बताएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियमित गरिने परिक्षण अन्तर्गत हिजो बेलुकी गरिएको परिक्षणमा संक्रमित पुष्टि भएको हो । संक्रमित नेपाल बाहिरबाट आएको हुनसक्ने प्रतिष्ठानको अनुमान छ।
संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै आइसोलेसनमा लगिएको प्रतिष्ठानले जनाएको छ । ‘हिजो रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा लगिसकेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।