
साउन-१५, धरान । धरानको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका एक डाक्टरको श्रीमान र धरान १३ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएपछी धरान उप महानगरपालिकाले आकस्मिक बैठक बोलाई पूण: आंसिक लकडाउनको घोषणा गरेको छ।
थप जोखिमलाई न्युनीकरण गर्नको लागि धरानमा खाद्यान्न र औषधी पसल बाहेक, अन्य पसल बिहान ९ देखि बेलुका ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको बैठकले उक्त निर्णय गरेको हो ।
तोकिएको समयमा पनि अत्यावश्यक वस्तु खाद्यान्न, तरकारी र औषधीको पसल सधै खुल्ला गर्ने र अन्यलाई बिहान ९ बजेदेखि ५ बेजसम्म मात्र खोल्न दिइने निर्णय भएको हो । धरानमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंकाका कारण उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो ।
उपमहानगरपालिकाले संक्रमितलाई ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाइने भएको छ ।
यस्तै, सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने र अनुगमन नियमित गर्ने पनि निर्णय भएको छ । यो निर्णय भोली देखि लागु हुने उपमहानगरपालिकाले बताएको छ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।